Mega Bank

आवेदन खोलेको नौ महिनापछि क्यानले प्रदेश प्रशिक्षकका लागि अन्तरवार्ता लियो !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 101 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले करिव नौ महिनापछि बल्ल सात वटा प्रदेशको प्रशिक्षक चयनका लागि अन्तरवार्ता सम्पन्न गरेको छ ।

नेपालका लागि मुख्य प्रशिक्षक, जनरल म्यानेजर, क्रिकेट म्यानेजर र फाइनान्स प्रमुखको आवेदन खोलेको बेलासँगै प्रदेश प्रशिक्षकको पनि आवेदन खोलेको थियो । तर विचमा अलमलिदा नौ महिनापछि क्यानले प्रदेश प्रशिक्षकका लागि अन्तरवार्ता सम्पन्न गरेको जनाएको छ ।

गत बर्षको असोजमा क्यानले आवेदन खोलेको थियो । तर अहिलेसम्म क्यानले विभिन्न कारणले यसलाई पुरा गर्न सकेको थिएन । अहिले आएर क्यानले आवेदन दिएका प्रशिक्षकको अन्तरवार्ता लिएको छ ।

आवेदन अनुसार लेभल वन को कोचिङ गरेको हुनुपर्ने, २५ देखि ५५ बर्षको हुनुपर्ने सर्त राखेको थियो । जसमा पहिलो चरणमा २४ जनाको आवेदन परेकोमा दोस्रो चरणमा १६ जना छनौट गरिएको थियो ।

जसको शनिबार क्यानले अनलाईन मार्फत अन्तरवार्ता गरेको हो । अब यो सूचीबाट सात प्रदेशका लागि सात वटा प्रशिक्षक चयन हुनेछन ।
अब अन्तिम चयन केहि दिनमा हुने क्यानले बताएको छ । प्रदेश प्रणालीमा क्रिकेट संघ गठन भएपनि प्रशिक्षक चयन भने नभएकाले बल्ल क्यानले त्यसमा प्रशिक्षक पठाउने तयारी गरेको छ ।

क्यानले आवेदन खोल्दा करिव २१ दिनको समय राखेको थियो । तर त्यो बेला प्रशिक्षक, जनरल म्यानेजर र क्रिकेट म्यानेजर चयनका लागि नै क्यानले करिव तीन महिना भन्दा बढि समय लगाएको थियो । यहि विचमा विभिन्न प्रतियोगिता हुँदा क्यान त्यसमा ब्यस्त रहेकाले प्रदेश प्रशिक्षक चयनको प्रक्रिया केहि ढिलो भएको क्यानका एक पदाधिकारीले बताए ।

भर्खरै

Advertisement