इंग्ल्याण्डले भारत र श्रीलंकासँगकाे सिरिजमा दर्शक राख्ने याेजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 232 पटक हेरिएको

इंग्ल्याण्ड सरकारले खेलका दौरान रंगशालामा दर्शकको उपस्थितीलाई केहि खुकुलो बनाएपछि श्रीलंका र भारतले खेलने सिरिजका बेला दर्शकको उपस्थिती हुने संभावना बढेको छ ।

इंग्ल्याण्डविरुद्धको सिरिजका लागि श्रीलंका र त्यसपछि भारत भ्रमण गर्दैछन । यसमा दर्शकको उपस्थिती गराउनेमा इंग्ल्याण्ड क्रिकेट बोर्ड तयारीमा जुटेको छ ।

तर जुन १८ बाट सुरु हुने आइसीसी वल्ड टेष्ट च्याम्पियनसिपमा भने विना दर्शक खेलाइने भएको छ । टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्यूजिल्याण्ड खेल्नेछन ।

बेलायतका प्रधानमन्त्री बोरीस जोनसनले स्टेडियमका चार स्टेप पुर्ण रुपमा खेल्ने योजना बनाएको केहि दिन अगाडी बताएका थिए । तर त्यो बेलासम्म कोरोना भाइरसको अवस्था सामान्य हुनुपर्ने बताइएको छ ।

यदि कोभिडको संक्रमणदर बढेको खण्डमा यो योजना विचमा नै रोकिन सकिने बताइएको छ । भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ । त्यो भन्दा अगाडी इंग्ल्याण्डले घरेलु मैदानमा तीन टी २० र तीन एकदिवसिय सिरज खेल्नेछ । जसमा जुन २३ बाट श्रीलंका र इंग्ल्याण्डविचको पहिलो खेल कार्डिफमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey