काे बन्ला ३५ लाखकाे हकदार, धनगढी एफसी वा काठमाडौं रेजर्स ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 511 पटक हेरिएको

नेपाल सुपर लिग फुटबलको पहिलो संस्करणको उपाधिका लागि आज धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने यो खेल साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ ।

कोरोना महामारीका बिचपनि बन्द रंगशालामा आयोजना भएको नेपाल सुपर लिगको आजको खेलले नयाँ च्याम्पियन पाउने छ भने पहिलो संस्करणको विजेता को हुने भन्नेपनि टुंगो लगाउने छ । यो प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक खेल्न लागेका हुन । समुह चरणको खेल र पहिलो क्वालिफायर्समा यी दुई टिम आमनेसामने हुँदो दुबै खेल काठमाडौंले हारेको थियो ।

राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौं रेजर्सले फाइनलमा पुग्नका लागि दोस्रो क्वालिफायर्स खेल्नुपरेको थियो । जसमा काठमाडौंले ललितपुरलाई तीन शुन्यले हराउँदै फाइनलमा पुगेको हो ।

यो खेल राष्ट्रिय टिमका नम्वर एक र नम्वर दुई गोलकिपरविचको भिडन्त पनि रहेको छ । धनगढीका कप्तान किरण चेम्जोङ र काठमाडौंका कप्तान विकेश कुथुको आमनेसामने हुँदा खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

लिग चरणमा शिर्ष स्थानमा रहेको काठमाडौंले यो प्रतियोगितामा १३ गोल गर्दा १० गोल खाएको छ । यस्तै धनगढीले १० गोल गर्दा छ गोल खाएको छ । आजको खेलमा धनगढीका लागि विदेशी खेलाडी ओलाओलेको प्रदर्शन यसअघिका खेलमा जस्तै मुख्य हुनेछ । यता काठमाडौंका लागि मेसौके र स्टेफेन बिलोङको कम्बिनेसन धनगढीका लागि चनौती हुन सक्छ ।

यो प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेका मेसौके र स्टेफेन समिरको कम्बिनेसन धनगढी टिमका लागि ठूलो चुनौती हुने देखिएको छ । धनगढी टिम यसअघिका दुई खेलमा निकालेको जितलाई नै निरन्तरता दिने लक्ष्यमा छन भने काठमाडौं त्यो हारको बदला लिँदै च्याम्पियन बन्ने दाउमा छ ।

आजको खेलको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey