आइपीएलबाट फर्किएका इंग्ल्याण्डका खेलाडीले न्यूजिल्याण्डविरुद्धको टेष्ट गुमाउने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 309 पटक हेरिएको

इन्डियन प्रिमियर लिग खेलेर फर्किएको इंग्ल्याण्डका खेलाडीले न्यूजिल्याण्डविरुद्धको टेष्ट गुमाउने संभावना रहेको छ । अर्को महिना सुरु हुने न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज खेल्न नपाउने संभावना रहेको बीबीसीले जनाएको छ ।

कोरोनाका कारण विचमा नै स्थगित भएपछि स्वदेश फर्किएका इंग्ल्याण्डका खेलाडी जोन बट्लर, जोनी ब्रेस्टो, क्रिस ओक्स, साम कुरान, मोयन अलीलले सो टेष्टमा सहभागिता गर्न नपाउने संभावना बढेको बताइएको छ ।

उनीहरुको १० दिनको अनिवार्य क्वारेन्टिनको समय दुई दिनमा सकिँदैछ । इंग्ल्याण्डले न्यूजिल्याण्डसँगको टेष्ट सिरिज सुरु हुने दुई साताको समय बाँकी छ । त्यसपछि उनीहरुको परिक्षण गरेर बाहिर निस्कन पाउने भएपछि क्याम्पमा जानका लागि पर्याप्त समय नहुने बताइएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डको टेष्ट सिरिज जुन दुई तारिखबाट सुरु हुँदैछ ।

यस्तैमा इंग्ल्याण्डका प्रशिक्षक क्रिस सिल्भरउडले यो समरमा हुने एकदिवसिय सिरिजका लागि टिममा नहुने भएका छन । उनले ग्राहम थोर्पे र पउल कलिङउडलाई यो जिम्मा दिएका छन । यी दुई जनाले जुन देखि मिड सेप्टेम्बरसम्म हुने सात टेष्ट र १२ एकदिवसिय खेलमा टिमको प्रशिक्षण हेर्ने भएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal