Mega Bank

क्रिकेटका सर्वाधिक ५ धनी खेलाडीको सम्पत्ती कति ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 274 पटक हेरिएको

विश्वमा क्रिकेट खेल सर्वाधिक रुचाइने सूचीमा पर्छ । विश्व भर रहेका क्रिकेटका समर्थक यो खेललाई फलो गर्ने आफ्नै आफ्नै तरिका रहेको छ । क्रिकेट खेलाडीको चर्चा जति हुन्छ, त्यति नै खेलाडीले आम्दानी पनि गर्ने गरेका छन ।

दक्षिण एशियालमा त झन क्रिकेटको क्रेज अरु खेलको तुलनामा निकै माथि रहेको छ । विशेष गरि भारतमा क्रिकेटरलाई देउता नै मान्ने चलन छ । यस्तैमा त्यसको केहि क्रेज नेपालमा पनि देखिन्छ ।

क्रिकेट खेलमा लागेका खेलाडीको आम्दानी पनि निकै राम्रो हुने गर्छ । उनीहरुको तलव, म्याच फी, पुरस्कार रकम, अवार्ड लगायतले मासिक रुपमा कुनै कुनै क्रिकेटरले करोडौं रुपैया हात पार्छन । त्यसमा कुनैपनि ब्राण्डसँग जोडिएको रकम छुट्टै आउने गर्छ ।

आज हामी बर्ष २०२१ को पहिलो क्वाटर सकिँदासम्म कमाईका हिसावले धनी क्रिकेटरका विषयमा हामी चर्चा गर्नेछौ ।

५. ब्रायन लारा

ब्रायन लारा विश्व क्रिकेटका राजकुमार भनेर चिनिन्छन । उनी क्रिकेटका एक लेजेन्ड हुन । उनले टेष्ट क्रिकेटमा एकै पारीमा चार सय रन बनाएको समर्थकलाई अझैपनि ताजा नै होला । वेष्ट इन्डिजका राजकुमार मानिने लाराको नामबाट त्यहाँ धेरै क्रिकेट पुर्वाधार रहेका छन । उनी लामो समयसम्म एमआरएफसँग एसोसियट भएका थिए । लाराको अहिले कुल सम्पत्ती चार सय ५४ करोड भारतीय रुपैयाँ रहेको छ ।

४. रिकी पोन्टिङ

अष्ट्रेलियाका सर्वाधिक सफल र ग्रेटेष्ट कप्तान मानिने पोन्टिङले देशलाई दुईवटा विश्वकपको उपाधि दिलाए । त्यो बाहेक उनी आफ्नो जेनेरेसको उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट फिल्डरपनि हुन । खेलाडी हुँदा ब्याटबाट मैदानमा विपक्षीलाई रुवाएका पोन्टिङ खेलाडी जीवनपछि प्रशिक्षकका रुपमा रहेका छन । आइपीएल टिम दिल्ली क्यापिटल्र्सका प्रशिक्षक रहेका उनी अहिलेपनि भाल्कोलीन, एडिडास, रजोना लगायत अरु ब्राण्डसँग एसोसियट छन । उनको अहिले कुल सम्पत्ती चार सय ९२ करोड भारतीय रुपैयाँ रहेको छ ।

३. विराट कोहली

भारतीय क्रिकेट टिमका अहिलेका कप्तान तथा यो जेनेरेसनका उत्कृष्ट ब्याट्सम्यान कोहली अहिलेका विश्व नम्वर एक खेलाडी हुन । उनी रन मेसिन खेलाडीमात्र होइन आधुनीक क्रिकेटका लेजेन्ड मानिन्छन ।

कोहलीको क्रेज भारतमा मात्र होइन पुरै विश्वमा उतिकै रहेको छ । त्यसैले पनि उनीसँग आधा दर्जनजति ब्राण्ड एसोसियट छन । जसमा पुमा, औडी, एमआरएफ, कोलगेट, माल्मोलिभ, टिसोट, रोग्न जस्ता ब्राण्ड छन । उनको कुल सम्पत्ती यति भनेर नभनिएपछि गत बर्षमात्र उनले ब्राण्डको विज्ञापनबाट एक सय ९६ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

२. महेन्द्रसिंह धोनी

भारतीय क्रिकेटको इतिहासका सर्वाधिक सफल कप्तान रहेका धोनी जब उच्च लयमा थिए, उनीसँग ब्राण्डका लाइन थियो । भारतलाई आइसीसीको तीन प्रतियोगिताको उपाधि दिलाएका पूर्व कप्तान धोनी कमाईको मामलामा पनि निकै अगाडी छन ।

हाल अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरिसकेका धोनीले अहिलेपनि रिबोक, टिभिएस मोटर्स, रेड बस, सोनी ब्राभिया, लेस, स्निकर्स गो ड्याडी, ओरियन्ट, गल्फ ओइल लगायतका ब्राण्डसँग जोडिएका छन । धोनीको अहिलेको कुल सम्पत्ती आठ सय ४० करोड भारतीय रुपैयाँ रहेको छ ।

१. सचिन तेन्दुलकर

क्रिकेटका भगवान भनेर मानिएका सचिन तेन्दुलकर हुनपनि एक महान क्रिकेटर हुन । उनी जस्तो क्रिकेटर सायदै अब जन्मिदैन भनेरपनि भनिन्छ । क्रिकेटका अधिकांश रेकर्ड राखेका सचिनका कतिपय रेकर्ड तोडिएका छन भने अझै केहि बाँकी छन ।

क्रिकेटका तीन फरम्याट गरेर शतकको पनि शतक प्रहार गरेका तेन्दुलकरसँग निकै ब्राण्ड रहेका थिए । त्यसमा अझै केहि ब्राण्ड बाँकी नै छन । जसमा फिलिप्स, ब्रिटानिया, भिषा, बिएमडब्लु, पेप्सी, लुमिनोस, एडिडास, कानोन, कास्ट्रोल आदी छन । सचिनको कुल सम्पत्ती आठ सय ७० करोड भारतीय रुपैयाँ रहेको छ ।

भर्खरै

Advertisement