अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाले यो वर्ष वेस्टइन्डिज भ्रमण गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 339 पटक हेरिएको

वेस्टइन्डिजमा यसै वर्ष तीन ठूलो टिमले भ्रमण गर्ने भएका छन् । त्यहाँ दक्षिण अफ्रिका, अस्ट्रेलिया र पाकिस्तानको टिम यसै वर्ष वेस्टइन्डिजसँग खेल्न त्यहाँ जान लागेका हुन् ।

दक्षिण अफ्रिकाविरुद्ध गत वर्ष नै तय भएको टेस्ट र टी २० सिरिज यस वर्ष हुन लागेको हो । वेस्ट इन्डिजको यो वर्षको घरेलु मैदानमा पहिलो सिरिज हुने छ । दक्षिण अफ्रिकाको टिम जुन एक तारिखमा सेन्ट लुसिया पुग्ने छ । त्यहाँ दुई टेस्ट र त्यसपछि पाँच वटा टी २० म्याच हुने छन् । दक्षिण अफ्रिकाको टिमले सन् २०१० पछि पहिलो पटक वेस्टइन्डिजमा दुईपक्षिय सिरिज खेल्ने छ ।

यस्तै अस्ट्रेलियाले ९ जुलाई देखि २४ जुलाईकोबीचमा पाँच वटा टी २० म्याख खेल्ने छ । त्यसपछि तीन वटा एक दिवसीय पनि आयोजना हुने छ । एक दिवसीय सिरिज वेस्टइन्डिजका लागि आईसीसी वानडे सुपर लिगका लागि केही अंक जोड्ने अवसर पनि रहेको छ । यस्तै पाकिस्तानको टिम पाँच वटा टी २० सिरिजका लागि २१ जुलाईमा वेस्टइन्डिज जाने छ । बारबाडोस र केनसिंग्टन ओभलमा प्रतियोगिता हुने छ ।

त्यसपछि २६ जुन देखि २९ सम्म तीन म्याच हुने छ । यसैगरी दुई टिमका बीचमा १२ अगस्ट देखि २४ अगस्टसम्म सबीना पार्कमा दुई टेस्ट हुने छ । टेस्ट जमैकामा हुने छ । वेस्टइन्डिज क्रिकेटका सिईओ जोनी ग्रेबले दक्षिण अफ्रिका, अस्ट्रेलिया र पाकिस्तानलाई स्वागत गर्न तयार रहेको बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey