Mega Bank

काेहली र अनुष्काले सुरू गरेकाे काेषमा सात दिनमा ११.३९ कराेड संकलन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 65 पटक हेरिएको

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माले सुरु गरेको कोरोनाविरुद्ध लड्नका लागि कोषमा एक सातामा ११ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ ।

कोहली र अनुष्काले आफ्नो दुई करोड भारतीय रुपैयाँबाट सुरु गरेको कोषमा विभिन्न संघ संस्था र ब्यक्तिको सहयोगमा यत्रो रकम संकलन भएको हो । सात दिनको समय रहेको यो कोषमा एमपीएल स्पोर्टस फाउन्डेसनले पाँच करोड र भारतको श्याम स्टिलले १० लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

यो संकलित रकमले भारतका विभिन्न क्षेत्रमा कोरोनाविरुद्ध लड्नका लागि चाहिन अत्यावश्यक सामाग्रि खरिद गरिनेछ । कोहली र उनकी पत्नी अनुस्काले सामाजिक सञ्जालमा उठेको रकमको खुलासा गरेर धन्यवाद पनि दिएका छन ।

भर्खरै

Advertisement