एनएसएल लिगकाे उपाधि जित्नेमा धनगढी र काठमाडाैंकाे दाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 565 पटक हेरिएको

नेपाल सुपर लिगको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । यो प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ ।

फाइनल अगाडिका पत्रकार सम्मेलनमा बोल्दै धनगढी टिमका प्रशिक्षक फुजाले काठमाडौंविरुद्धको खेलका लागि निकै उत्साहित भएको बताएका छन् । उनले आफ्नो टिमको आत्मविश्वास निकै राम्रो रहेको र फाइनलमा बाजी मार्नेमा विश्वस्त रहेको धारणा राखे ।

यस्तै कप्तान किरण चेम्जाङले पनि धनगढी टिम लयमा रहेको र काठमाडाैंसँग तेस्रो पटक यो प्रतियोगितामा भेट हुन लागेको बताए । फाइनल खेल प्रतिस्पर्धात्मक हुने र अन्तिममा धनगढीले नै जित्ने दावी गरे । लिग चरण र क्वालिफायर्समा जुन नतिजा धनगढीले निकालेको छ । फाइनलमा पनि त्यो नतिजा निकाल्नेमा विश्वस्त रहेको बताए ।

यता काठमाडौं टिमका प्रशिक्षक बालगोपाल महर्जनले सुपर लिगको उपाधि काठमाडौंमा नै राख्ने गरेर खेल्ने बताए । उनले यो प्रतियोगिताको उपाधिका लागि काठमाडौं निकै उत्साहित भएको धारणा राखे । उनले भने ‘जसरी काेराेना महामारीका कारण घर बाहिर नहिँड्न भनिएकाे छ, घरमै बस्नका लागि आग्रह गरिएकाे छ, त्यसैगरी एनएसएल पनि काठमाडाैंमा भएकाले याे उपाधिकाे घर हाे र उक्त उपाधि हामी घरमै राख्ने गरि खेल्छाैं ।’

कप्तान विकेश कुथुले फाइनलमा जित्ने हिसावले खेल्ने धारणा राखे । उनले यसअघि धनगढीसँग दुई पटक हारेकाले त्यसको बदला लिने सोचका साथ मैदानमा उत्रिने र त्यसको भरपाई पुर्ण रुपमा लिने बताए ।

फाइनल खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ । यो खेलको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ ।

लिग चरणको शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको काठमाडौं पहिलो क्वालिफायर्स धनगढीसँग नै एक शुन्यले पराजित भएको थियो । त्यसपछि उसले दोस्रो क्वालिफायर्समा ललितपुरलाई तीन शुन्यले हराएर फाइनलमा पुगेको थियो ।

भोलीको खेलमा धनगढी ओलाओलेमा बढि भर पर्नेछ । किनकी प्रतियोगिता भरि ओलाओले धनगढीका लागि मुख्य खेलाडी बनेका छन । चोटका कारण पहिलो क्वालिफायर्समा सब्सिच्युट भएका थिए । तर दुई दिनको आरामका कारण उनी फाइनलमा पुर्ण फिट हुने बताइएको छ ।

यता काठमाडौंका लागि मेसौके र बेनोङको प्रदर्शन फाइनलमा क्रुसियल हुनेछ । यो प्रतियोगितामा यी दुई खेलाडीमाथि काठमाडौं धेरै भर परेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey