Mega Bank

प्रतियोगिता आयोजना गर्नुभन्दा टिमको मालिक हुन बढि चुनौती रहेछ-सुवास शाही

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 236 पटक हेरिएको

नेपाल सुपर लिग यो बर्ष आयोजना गर्ने तय भएपछि टिम खरिदका लागि आयोजकले धनगढीबाट पनि एउटा टिम होस भन्ने चाहनाका साथ सुवास शाहीलाई प्रस्ताव गरियो । उनले धेरै कुरा नसोचेर टिम खरिद गर्नका लागि सिधै राजी भए । फुटबलमा त्यति ज्ञान नभएपनि उनले नयाँ चुनौती मोल्नका लागि तयार भए ।

धनगढी प्रिमियर लिगको आयोजक रहिसकेको शाहीका लागि फुटबलको टिमको मालिक हुनु नयाँ चुनौती थियो । तर क्रिकेटको अनुभवलाई उनले फुटबलमा पनि प्रयोग गरे । टिम लिने पक्का भएपछि उनले राम्रो ब्यवस्थापन टिम बनाए र सबैलाई जिम्मा सुम्पिए ।

नेपाल सुपर लिगको फाइनलमा पुगेको धनगढीको प्रदर्शनबाट निकै खुसी देखिएका शाही भन्छन, चुनौती विना नै काम गर्दा त्यति मज्जा आउदैन, फुटलबमा टिम खरिद गर्नु आफैमा चुनौती थियो, त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने आफ्नो भरमा पर्ने बताए । हामीले त्यो चुनौतीलाई राम्रोसँग ह्याण्डल गरेको विश्वास राखे ।

प्रतियोगिता आयोजना गर्नु र एउटा टिमको मालिक हुनु दुई फरक पक्ष हुन । तर कुन पक्ष बढि चुनौतीपुर्ण रहेछ भन्दा शाही भन्छन, प्रतियोगिता आयोजना गर्दा प्रायोजक लगायतका कुराहरुमा केहि सहज भएपनि टिमको मालिक हुँदा केहि चुनौती बढि भएको बताए । तर यस्तैमा काम गर्न मज्जा आउने बताए । उनले धनगढी एफसी खरिद गर्दा यो टिमबाट पैशा आम्दानी गर्छु भनेर नसोचेको र फुटबलको विकाशमा आफ्नोपनि केहि सहयोग होस भन्ने चाहनाका साथ टिम लिएको बताए ।

अब धनगढी एफसीलाई एक राम्रो संस्थाका रुपमा अगाडी लिने र आफ्नो एकेडेमी नै बनाएर युवा खेलाडी उत्पादनमा लाग्ने बताए । यतिमात्र होइन, फुटबलमा लागेर क्रिकेट प्रतियोगिता डीपीएल गर्नका लागि नछोड्ने बताए । उनले उचित क्यालेन्डरको ब्यवस्थापन भएर डीपीएल गर्ने बताए ।

सुवास शाहीसँगकाे कुराकानी

भर्खरै

Advertisement