न्यूजिल्याण्डकाे केन्द्रिय सम्झाैतामा दुई नयाँ खेलाडी समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 341 पटक हेरिएको

न्यूजिल्याण्ड क्रिकेट बोर्डले खेलाडीको नयाँ सम्झौताको सूची सार्वजनिक गरेको छ । जसका अलराउण्डर डारेल मिचे र ग्लेन फिलिप पहिलो पटक केन्द्रिय सम्झौतामा परेका छन ।

राष्ट्रिय टिमको नयाँ केन्द्रिय सम्झौतामा यी दुई खेलाडीबाहेक बाँकी पुरानै अनुहार रहेका छन । बोर्डले गरेको नयाँ सम्झौताको अफरमा स्विकृती दिने मिती मे २२ सम्मका लागि रहेको छ । त्यो बेलासम्म अफर भएका सबै खेलाडीलाई आफ्नो निर्णय गर्नुपर्नेछ ।

यो पटक बोर्डले अजाज पटेललाई नयाँ सम्झौताको अफर गरेको छैन । यस्तै बीजे वाटलिङलाई पनि यो सूचीबाट हटाइएको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले गठन गरेको खेलाडीको केन्द्रिय सम्झौताको संयोजन ब्रायन स्टोनचले गरेका थिए ।

बोर्डले नयाँ सम्झौताकालागि सूचीमा राखेका खेलाडी यसप्रकार छन । 

टोम बलुन्डेल, ट्रेन्ट बोल्ट, डेभोन कोनवे, कोलीन डी ग्रान्डहोम, लोकी फर्गुसन, मार्टिन गुप्टिल, म्याट हेनरी, केली जेमिसोन, टोम लाथम, डारेल मिचेल, हेनरी निकोल्स, जेम्स निसाम, ग्लेन फिलिप्स, मिचेल सान्तानेर, इस सोधी, टिम साउथी, रोस टेलर, नेइल वागनेर, केन विलियम्सन, विल योङ छन ।

उनीहरुको सम्झौता एक बर्षको हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal