काठमाडौं रेजर्स तीन शुन्यले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 304 पटक हेरिएको

नेपाल सुपर लिगको इलिमिनेटर खेलमा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेलिरहेका छन ।

दशरथ रंगशालामा जारी खेलमा काठमाडौं रेजर्स तीन शुन्यले अगाडी रहेको छ । खेलको आठौं मिनेटमा ललितपुरले निकै उत्कृष्ट मौका खेर फाल्यो । नुर्लानले डिबक्समा मिलाएको क्रसमा भिलिन गोल गर्नबाट चुके ।

नबौं मिनेटमा काठमाडौंले पनि अर्को राम्रो मौका खेर फाल्यो । उसका बिनोङको प्रहार पोलमा लागेर फर्किदा पाएको मौकामा आशिष राईको प्रहार पोष्टमा रहन सकेन ।

१३ औं मिनेटमा काठमाडौंले पेनाल्टीको अवसर पायो । विनोङको क्रसमा मेसौकेले बल अगाडी बढाउन खोज्दा कमल श्रेष्ठले लडाए । जसका कारण रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिए । सो अवसरलाई मेसौकेले नै गोलमा परिणत गरे । ललितपुरका गोलकिपर अर्पण कार्कीले पेनाल्टी हानेको साइट पत्ता पाएपनि बचाउन सकेनन् ।

खेलको २२ औं मिनेटमा काठमाडौंले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि मेसौकेले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

दुई गोलले पछि परेको ललितपुरले २८ औं मिनेटमा अर्को उत्कृष्ट मौका खेर फाल्यो । यसपटक अञ्जन विष्टले मिलाइदिएको बलमा गौरब बुढाथोकीले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

४१ औं मिनेटमा मेसौकेले लामो दुरीबाट प्रयास गरेपनि त्यो फ्रेममा रहन सकेन । त्यसपछि ४३ औं मिनेटमा ललितपुरका विलिनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको काठमाडौंले ६० औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि स्टेफेन विनोङले गोल गर्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal