रमेश पवार भारतीय महिला क्रिकेट टिमकाे मुख्य प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 656 पटक हेरिएको

भारतीय क्रिकेट टिमका पूर्व खेलाडी रमेश पवारलाई बीसीसीआईले महिला क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरेको छ ।

पवारलाई बीसीसीआईले खुल्ला प्रतिस्पर्धाबाट महिला टिमको मुख्य प्रशिक्षकमा चयन गरेको हो । बीसीसीआईले सार्वजनिक गरेको आवेदनमा ३५ जनाले फर्म भरेका थिए । जसमा तीन जनाको छनौट समितीले पवारलाई अन्तिममा छनौट गरेर जिम्मेवारी दिएको हो ।

बीसीसीआईले गठन गरेको प्रशिक्षक छनौट समितीले अन्तिममा तीन जनालाई सर्ट लिष्ट गरेको थियो । समितीमा मदन लाल, सलाकृष्ण नेइक र रुद्रप्रताप सिंह थिए । उनीहरुले सबैको अन्र्तवार्ता लिएर अन्तिममा पवारलाई छनौट गरेका हुन ।

अब पवारले डब्लुभी रमनलाई रिप्लेस गर्नेछन । रमनले सन् २०१८ मा महिला टिमको मुख्य प्रशिक्षक सम्हालेका थिए । उनको कार्यकालमा भारतले महिला टी २० विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो ।

पवारले भारतका लागि दुई टेष्ट र २१ एकदिवसिय खेल खेलेका थिए । उनी इंग्ल्याण्ड क्रिकेट बोर्डको लेभल टु कोच रहेका छन । यस्तै उनले बीसीसीआईको एनसीए लेभल टु कोचिङ पनि गरेका छन ।

उनले यसअघि सन् २०१८ मा जुलाई देखि नोभेम्बरसम्म महिला टिमको मुख्य प्रशिक्षक बनेका थिए । त्यो बेला महिला टिम महिला टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । सो बेला भारतीय टिमले लगातार १४ खेलमा अपराजित रहेको थियो ।

rपछिल्लो पटक उनी मुम्बई टिमको मुख्य प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा मुम्बईले विजय हजारे प्रतियोगिताको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal