ललितपुरविरुद्ध काठमाडौं एक शुन्यले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 615 पटक हेरिएको

नेपाल सुपर लिगको इलिमिनेटर खेलमा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेलिरहेका छन । जसमा काठमाडौं एक शुन्यले अगाडी रहेको छ ।

दशरथ रंगशालामा जारी खेलको आठौं मिनेटमा ललितपुरले निकै उत्कृष्ट मौका खेर फाल्यो । नुर्लानले डिबक्समा मिलाएको क्रसमा भिलिन गोल गर्नबाट चुके ।

नबौं मिनेटमा काठमाडौंले पनि अर्को राम्रो मौका खेर फाल्यो । उसका बिनोङको प्रहार पोलमा लागेर फर्किदा पाएको मौकामा आशिष राईको प्रहार पोष्टमा रहन सकेन ।

१३ औं मिनेटमा काठमाडौंले पेनाल्टीको अवसर पायो । विनोङको क्रसमा मेसुकेले बल अगाडी बढाउन खोज्दा कमल श्रेष्ठले लडाए । जसका कारण रेफ्रीले पेनाल्टी दिए । सो अवसरलाई मेसौकेले नै गोलमा परिणत गरे । ललितपुरका गोलकिपर अर्पण कार्कीले पेनाल्टी हानेको साइट पत्ता पाएपनि बचाउन सकेनन् । जारी प्रतियोगितामा मेसौकेको छैटौं गोल हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey