कतारमा उपचार गरिरहेका बिमल भन्छन-‘चाँडै पुर्ण फिट भएर मैदानमा फर्किनेछु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 920 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राइकर विमल घर्तिमगरले प्रतियोगिता नखेलेको निकै लामो समय भइसकेको छ । फिफा विश्वकप छनौट अन्तर्गत भुटान भएको विश्वकप छनौटको खेलका लागि जानु अघिल्लो राती क्लवमा गएको भन्दै अनुशासन कारवाहीमा परेका विमल करिव एक बर्षपछि राष्ट्रिय टिमको प्रशिक्षणमा गत मंसिरमा फर्किएका थिए ।

तर उनी प्रशिक्षणमा फर्किएको एक सातामा नै उनी घुँडाको चोट बोक्न पुगे । बन्द प्रशिक्षणका बेला घुँडाको चोट बोकेका उनको एसिएल गएको थियो । जसका कारण उनले शल्यक्रिया नै गर्नुपरेको हो । लामो समय मैदान बाहिर भएर क्याम्पमा फर्किएका विमलले त्यो बेला राम्रो कमब्याक गर्ने सोच राखेका थिए ।

तर दुर्भाग्य घुँडाको चोटले उनलाई अझै एक बर्ष मैदान बाहिर राख्यो । उनको उपचारका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कतार फुटबल संघसँग उनको उपचारका लागि सहयोग मागेको थियो । जसका कारण विमलको घुँडाको सल्यक्रिया एपस्टरमा भएको छ । विमलसँगै विक्रम लामाको पनि सोहि अस्पतालमा भएको थियो ।

विक्रम आफ्नो उपचार सकेर नेपाल फर्किएका छन भने विमल अझैपनि कतारमा नै रहेका छन । सफल सल्यक्रिया भएपछि विमल यतिबेला रिह्यावमा रहेका छन । उनको उपचारलाई एपस्टरले निकै नजिकसँग नियालीरहेको छ भने विमलपनि गम्भिर भएर चोटमुक्त हुने क्रममा रहेका छन ।

विश्वकप छनौटको तयारीका लागि क्याम्पमा हुँदा चोट बोकेका विमलले चाँडै मैदानमा फर्किने विश्वास राखेका छन । हाल कतारमा रहेका विमलले चोट साचेको भन्दा चाँडो निको हुने क्रममा रहेको र चिकित्सकले एकिन समय नभनेपछि चाँडै ठिक हुने विश्वास रहेको बताए ।

उनले फुटबललाई निकै मिस गरिरहेको र नेपालले खेल्ने सबै प्रतियोगिता हेर्ने गरेको बताए । हाल रिह्यावका क्रममा रहेका विमलले दिनको एक पटक प्रशिक्षणपनि गर्ने गरेका छन । उनलाई अझैपनि पुर्ण रुपमा फुटबलसँग प्रशिक्षण गर्ने अवसर भने जुटेको छैन ।

शल्यक्रियापछि चोटलाई निको पार्ने काम रिह्यावमा रहेकाले त्यसलाई कायम राख्न भने केहि चुनौती रहेको बताए । तर उनले यो चोटपछि आफुले धेरै कुरा बुझेको र अब झन उत्कृष्ट भएर मैदानमा आउने बताए ।

उनले घुँडाको एसीएल गएको र शल्यक्रिया गर्नुपर्छ भनेर भनेपछि भने केहि तनाव भएको बताए । तर एन्फाले गरेको सहयोगले आफुले नयाँ फुटबल जीवन पाउने विश्वास राखेका छन ।

नेपालका लागि डेब्यु खेलमा नै गोल गरेर रातारात हिरो भएका विमललाई एक राम्रो स्ट्राइकरका रुपमा हेरिएको थियो । विचमा अनुशासन र पछिल्लो पटक चोटका कारण उनको खेल जीवन तलमाथि भएको छ ।

अझै केहि समय कतारमा नै बसेर पुर्ण रुपमा निकोभएपछि उनी नेपाल फर्किनेछन ।

हेराै बिमलसँगकाे भिडियाे कुराकानी


 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey