Mega Bank

रिसव पन्त भविष्यकाे सफल कप्तान हुनसक्ने-गावस्कर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 70 पटक हेरिएको

भारतीय पूर्व क्रिकेटर सुनील गावस्करले रिसब पन्त भविष्यको राम्रो कप्तान हुनसक्ने दावी गरेका छन । इन्डियन प्रिमियर लिगमा उनको प्रदर्शनका आधारमा गावस्करले उनको तारिफ गर्दै पन्त भविष्यको सफल कप्तान रहेको बताए ।

आइपीएलमा दिल्लीका नियमित प्रशिक्षक चोटका कारण नखेल्ने भएपछि पन्तले कप्तानको जिम्मेवारी पाएका थिए । जसमा उनको कप्तानीबाट धेरै प्रभावित भएका थिए । यस्तैमा गावस्करले पन्तमा खेल जित्ने भोक निकै भएको र उनको कप्तानी सफल पनि भएको बताए ।

कोभिडका कारण स्थगित हुँदा दिल्ली आइपीएलको शिर्ष स्थानमा रहेको छ । जसमा दिल्लीले आठ खेलमा ६ खेल जितेको थियो । इंग्ल्याण्ड भ्रमणमा भारतीय टिममा रहेका पन्त महेन्द्रसिंह धोनी टिममा हुँदा उनको छायाँमा परेका थिए ।

तर धोनीले सन्यास लिएपछि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा टिममा पर्दै आएका छन । टेष्ट क्रिकेटमा उनले अष्ट्रेलियाविरुद्ध गरेको प्रदर्शनले झन प्रभावित पारेका छन ।

भर्खरै

Advertisement