फाइनल पुग्ने लक्ष्यमा काठमाडौं र ललितपुर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 399 पटक हेरिएको

नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुँदै५ । दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । याे खेलको विजेताले शनिबार धनगढी एफसीसँग फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएरपनि काठमाडौंले फेरी फाइनलमा पुग्ने माैका पाएकाे छ । लिगकाे शिर्ष स्थानमा रहदै क्वालिफायर्समा प्रवेश गरेकाे काठमाडाै‌ उपाधिकाे दावेदार मध्यकाे एक टिम हाे । यता लिग चरणका सुरुवाती चार खेलमा जित बिहिन भएर डगमागाएकाे ललितपुरले अन्तिम दुई खेलमा सानदार जित निकाल्दै शिर्ष चारमा पुगेकाे थियाे । साथै उसले प्लेअफमा पनि बुटवल लुम्बिनीलाई एक शुन्यले हराएकाे थिया ।

चार खेलमा जित ननिकालेपछि प्रशिक्षक प्रदिप हुमागाइलाइ नै बर्खास्त गरेकाे ललितपुरकाे साे निर्णय पछिल्ला तीन खेलमा सहिपनि सावित भएकाे छ । उसले यी तीन खेलमा ६ गाेल गरेकाे छ । दाेस्राे क्वालिफायर्समा ललितपुरले बुटवल लुम्बिनीलाई एक शुन्यले हराएकाे थियाे ।

यी दुईबीच प्रतियोगिताकै पहिलो खेलमा प्रतिस्पर्धा भएकोमा काठमाडौं १-० ले विजयी भएको थियो । लिग चरणमा चार खेलसम्म जितबिहीन ललितपुरले अन्तिम खेलपछि मात्र प्लेअफको टुंगो लागेको थियो । काठमाडौं भने एक खेल अगावै प्लेअफ पुगेको थियो भने लिगमा सर्बाधिक १३ अंकसमेत जोडेको थियो ।

आजकाे खेलमा ललितपुर विजयी भएकाे खण्डमा लिग चरणमा ब्यहाेरेकाे हारकाे बदला पनि लिनेछ । २४ घण्टाभन्दा कम समयमा दुई खेल खेल्नुपर्ने अवस्थामा ललितपुरका लागि आजको खेल चुनौतिपूर्ण हुन सक्छ । काठमाडाैले भने करिव ४८ घण्टाको आराम समय पाएको छ ।

नेपालमै पहिलोपल्ट अक्नसमा आधारित फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधि विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey