Mega Bank

लंका प्रिमियर लिग जुलाईको अन्तिमबाट सुरु हुने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 137 पटक हेरिएको

दोस्रो संस्करणको लंका प्रिमियर लिग जुलाईको अन्तिमबाट सुरु हुने भएको छ । श्रीलंका क्रिकेट बोर्डले बुधरबार प्रतियोगिताको मिती सार्वजनिक गर्दै जुलाई ३० देखि अगष्ट २२ सम्म गर्ने बताएको छ ।

बोर्डले प्रतियोगिताका लागि उपयुक्त समय जुलाईको अन्तिमबाट पाएको र प्रतियोगिताको सबै कुरा पुरा गर्ने बाटोमा लागेको बताएको छ ।

श्रीलंका क्रिकेट टिमका प्रमुख अर्जुना डी सिल्भाले देशमा कोभिडको अवस्थाका बारेमा सम्पुर्ण जानकारी गरेर स्वास्थ्य अवस्थाका बारेमा बिस्तृत बुझेर अन्तिम निर्णय गर्ने बताए ।

पहिलो संस्करणको लंका प्रिमियर लिग हम्बनटोटामा बायोबबलमा भएको थियो । पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधी जाफना स्टालियोन्सले जितेको थियो ।

भर्खरै

Advertisement