Mega Bank

एनएसएल प्लेअफः ललितपुर र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 152 पटक हेरिएको

नेपाल सुपर लिगको दोस्रो क्वालिफायर्समा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन ।

दशरथ रंगशालामा पहिलो हाफमादुबै टिमले पाएका मौकालाई सदुपयोग गर्न सकेनन् । १२ औं मिनेटमा डोना थापाले डिबक्समा खालि स्थानमा पाएको बललाई हतारमा प्रहार गर्दा पोष्ट बाहिर रह्यो ।

२५ औं मिनेटमा डोना थापाले डिबक्समा दिएको क्रसलाई नुर्लान गरेको प्रहारलाई बुटवल लुम्बिनीका गोलकिपर विशाल श्रेष्ठले पञ्च गरे । त्यसपछि पाएको बललाई मिक्चेन तामाङले प्रहार गरेपनि पोष्ट बाहिर रह्यो ।


त्यसको अर्को मिनेमा बुटवल लुम्बिनीका अभिशेक रिजालको प्रहार ललितपुरका गोलकिपर अर्पन कार्कीले बचाए । २८ औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टको प्रहारपनि पोष्टका नजिकैबाट बाहिरीयो ।

३१ औं मिनेटमा बुटवलले गोलको अवसर गुमायो । ओमोलाजा नुराइनको फ्रिकिकमा आशिष लामाले पोष्ट नजिकैबाट गरेको फ्रिकिक गोलरक्षक अर्पण कार्कीले मुस्किलले जोगाए ।

४० औं मिनेटमा बुटवल लुम्बिनीका विलियमको वान भर्सेस वनमा गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले बचाएका थिए । तर रिबाउण्डमा आशिष लामाले पाएको मौकामा असफल बने । उनको प्रहार पोष्टबाहिर रह्यो ।

भर्खरै

Advertisement