युरोपियन फुटबल महासंघद्वारा बार्सिलोना, रियल र युभेन्टसविरुद्ध कानुनी प्रक्रिया सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 362 पटक हेरिएको

यूरोपियन फुटबल महासंघले सुपर लिगका संस्थापक क्लवका रुपमा रहेका रियल मड्रिड, बार्सिलोना र युभेन्टसविरुद्ध कानूनी उपचारको बाटो समातेको छ ।

यूरोपियन सुपर लिगमा संस्थापक क्लवका रुपमा सुरुवातमा १२ वटा क्लवले संयुक्त घोषणा गर्दा नौ क्लवले नाम फिर्ता लिइसकेका छन । बाँकी तीन क्लव रियल, बार्सिलोना र युभेन्टसले भने अझै कुनै प्रतिक्रिया देखाएका छैनन् । जसका कारण उनीहरुविरुद्ध यूइएफएले कानुनी उपचारको प्रक्रिया सुरु गरेको छ ।

तीनै क्लवले महासंघको नियम उलंघन गरेको विषयमा अध्ययन गर्नकालागि अनुशासन समितीलाई जिम्मा दिएको छ । यो विषयमा सो समितीले चाँडै निचोड निकाल्ने बताइएको छ ।

गत साता यूइएफएले तीनै क्लवविरुद्ध उचित कदम चाल्ने बताएको थियो । साथै उसले दुई बर्ष च्याम्पियनस लिग खेल्न नपाउनेसम्मको धम्की दिएको थियो । यता तीनै क्लवले आफुहरुलाई दबाव र धम्की आइरहेको बताएको थियो ।

गत अप्रिल १८ मा १२ वटा क्लवले संयुक्त रुपमा सुपर लिगको घोषणा गरेका थिए । जसका कारण ४८ घण्टासम्म यसको ठूलो चर्चा भएको थियो । तर त्यसपछि प्रिमियर लिगका ६ क्लवसहित नौ टिमले नाम फिर्ता लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey