सेप्टेम्बरमा आईपीएल भएको खण्डमा ६ देशका खेलाडीले खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 379 पटक हेरिएको

कोरोनाका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिग अब सेप्टेम्बरमा गर्ने योजनामा भारतीय क्रिकेट बोर्ड रहेको छ । तर यदि सो समयमा आइपीएल भएको खण्डमा ६ देशका विदेशी खेलाडी खेल्न नपाउने भएका छन । जसका कारण आइपीएल आयोजकलाई दबाव बढेको छ ।

सेप्टेम्बरको विन्डोमा आइपीएल आयोजना हुँदा इंग्ल्याण्डले यसअघि नै आफ्नो सम्झौतामा रहेका खेलाडीले खेल्न नपाउने बताइसकेको छ । तर अब न्युजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानका खेलाडीले पनि खेल्न मुस्किल रहेको बताएका छन । समग्रमा ६ देशका ५३ विदेशी खेलाडीले फेरी आइपीएल सुचारु हुँदा गुमाउने बताइएको छ ।

अब आइपीएल हुँदा वेष्ट इन्डिजका खेलाडीले मात्र खेल्न पाउने संभावना रहेको छ । बाँकी ६ देशको अन्तराष्ट्रिय सिरिज रहेको र त्यसमा ब्यस्त हुने भएका छन ।

कोभिडका कारण स्थगित हुनु अगाडी आइपीएलमा २९ खेल भएका छन । तर अझै ३१ खेल बाँकी रहेका छन । स्थगित भएको आइपीएललाई गराउनका लागि चार वटा देशले प्रस्ताव गरेको बताइएको छ ।

३१ खेलको आयोजना गर्नका लागि बीसीसीआईले २० दिनको विन्डो राखेको छ । जुन विन्डो सेप्टेम्बरमा देखिएको छ । तर त्यो भन्दा पछाडी गएको खण्डमा आइपीएल गर्न संभव नहुने भएको छ । नोभम्बर देखि डिसेम्बरमा विभिन्न देशको अन्तराष्ट्रिय सिरिज रहेको छ । जसका कारणपनि ६ देशका खेलाडी खेल्न नपाउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey