काठमाडौंलाई अतिरिक्त समयमा हराउँदै धनगढी एनएसएलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 697 पटक हेरिएको

काठमाडाैं । काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलको अतिरिक्त समयमा मार्की खेलाडी विशाल राईले निर्णायक गोल गरेका थिए । १०८ औं मिनेटमा रमेश दंगालको हेडर पासमा विशालले वान भर्सेस वानमा सहजै गोल गरेका थिए ।

अतिरिक्त समयको अन्तिम ७ मिनेट काठमाडौंले केहि अवसर सृजना गरे पनि गोल गर्न सकेन ।

११५ मिनेटमा स्टेफन विनोङको फ्रिकिकमा गोलरक्षकले रोकेपछि रिवाउण्ड बलमा अन्जन राईले क्लोज रेन्जबाट गरेको प्रहार आकाशिएसँगै काठमाडौं बराबरी गोल फर्काउन चुकेको थियो ।

यसअघि निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । निरश पहिलो हाफपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

७५ औं मिनेटमा तेज तामाङले गोल गरी काठमाडौंलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको क्रसमा तेजले क्लोज रेन्जबाट ओपन हेडर गोल गरेका हुन ।

तीन मिनेटपछि नै धनगढीले बराबरी गोल फर्कायो । विशाल राईको कर्नरमा फ्र्यांकलिन कुतेको हेडरलाई सदुपयोग गरी पुजन उपर्कोटी पेनाल्टी एरियाबाट गरेको एक्रोब्याटिक प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो ।

काठमाडौंले शनिबार हुने फाइनलमा सिधै प्रवेश पाएको छ भने काठमाडौंले फाइनल प्रवेशका लागि विहीबार हुने इलिमिनेटर खेल खेल्नेछ । त्यहाँ उसले दोस्रो क्वालिफायर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो क्वालिफायर खेलमा बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey