एनएसएलः काठमाडौं र धनगढी बीचको खेल अतिरिक्त समयमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 516 पटक हेरिएको

काठमाडौं । निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेशको टुंगो पेनाल्टी शुटआउटबाट लाग्ने भएको छ ।

दशरथ रंगशालामा दुवै टोलीले दोस्रो हाफमा एक एक गोल गरे । प्रतियोगिताको नियमअनुसार अतिरिक्त ३० मिनेटकाे समय थप गरिएकाे छ । याे समयमा पनि गाेल हुन नसके खेल पेनाल्टी शुटआउटमा पुग्नेछ ।

यसअघि पहिलो हाफमा निरश बराबरी खेले पनि दोस्रो हाफ केहि प्रतिस्पर्धात्मक देखियो ।

७५ औं मिनेटमा तेज तामाङले गोल गरी काठमाडौंलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको क्रसमा तेजले क्लोज रेन्जबाट ओपन हेडर गोल गरेका हुन ।

तीन मिनेटपछि नै धनगढीले बराबरी गोल फर्कायो । विशाल राईको कर्नरमा फ्र्यांकलिन कुतेको हेडरलाई सदुपयोग गरी पुजन उपर्कोटी पेनाल्टी एरियाबाट गरेको एक्रोब्याटिक प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो ।

खेलको १६ औं मिनेटमा काठमाडौंका स्टेफल विनोङले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेपछि गोल हुन सकेन । त्यसबाहेक पहिलो हाफमा दुवै टोलीले गोलका अन्य अवसर बनाउन सकेका थिएनन् ।

यो खेलको विजेताले सिधै एनएसएलको फाइनल खेल्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशको अर्का एउटा अवसर पाउनेछ ।

दोस्रो क्वालिफायरका रुपमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेलको विजेतासँग इलिमिनेटर चरणमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal