Mega Bank

एनएसएल क्वालिफायरः पहिलो हाफमा काठमाडौं र धनगढी गोलरहित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 79 पटक हेरिएको

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को प्लेअफ चरणको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् भने गोलका राम्रा अवसरहरु पनि सृजना गर्न सकेनन् ।

खेलको १६ औं मिनेटमा काठमाडौंका स्टेफल विनोङले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेपछि गोल हुन सकेन । ३७औं मिनेटमा सुदिल राईको प्रहार धनगढीका गोलरक्षक किरण चेम्जोङले बचाए ।

पहिलो हाफमा धनगढीले एउटा पनि गोलको अवसर सृजना गर्न सकेन । लिग चरणको खेलमा धनगढीले काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

यो खेलको विजेताले सिधै एनएसएलको फाइनल खेल्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशको अर्का एउटा अवसर पाउनेछ ।

दोस्रो क्वालिफायरका रुपमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेलको विजेतासँग इलिमिनेटर चरणमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement