Mega Bank

यो बर्षको आइपीएल फेरी सुरु भएमा इंग्ल्याण्डका शिर्ष खेलाडीले खेल्न नपाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 113 पटक हेरिएको

इंग्ल्याण्ड क्रिकेट बोर्डसँग केन्द्रिय सम्झौतामा रहेका खेलाडीले अब यो सिजनको इन्डियन प्रिमियर लिग खेल्न नपाउने संभावना बढेको छ ।

कोरोनाका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग फेरी हुँदा इंग्ल्याण्डका खेलाडी खेल्न नपाउने संभावना रहेको क्रिकइन्फोले बताएको छ । अब आइपीएल कुन महिनामा हुन्छ भन्ने एकिन नभइसकेको अवस्थामा जति बेला भएपनि इंग्ल्याण्ड बोर्डको केन्द्रिय सम्झौतामा रहेका खेलाडीले खेल्न नपाउने भएका छन ।

इंग्ल्याण्ड क्रिकेट टिमका ब्यस्त तालिकाका कारण उनीहरुले आइपीएलमा सहभागि हनु नपाउने संभावना रहेको बताइएको छ । इंल्याण्डका खेलाडी मार्च २०२२ सम्मका लागि ब्यस्त रहेको बताइएको छ ।

सेम्टेम्बरमा इंग्ल्याण्डले बंगलादेश भ्रमण गर्नेछ । त्यसपछि अक्टोबरको मध्यमा पाकिस्तान टुर गर्ने योजना रहेको छ । जुन १६ बर्षपछि पहिलो पटक हुन लागेको हो । त्यसपछि इंग्ल्याण्डले अष्ट्रेलियासँग एसेस सिरिज खेल्ने तालिका रहेको छ ।

त्यो सकिएपछि टी २० विश्वकपमा सहभागि हुनेछ । जनवरी २०२२ को अन्तिममा इंग्ल्याण्डले क्यारेवियन टिमसँग सिरिजको तालिका रहेको छ । जसका कारण आइपीएल फेरी सुरु भएको खण्डमा इंग्ल्याण्डका शिर्ष खेलाडीले खेल्न नपाउने संभावना रहेको छ ।

कोभिडका कारण स्थगित भएको आइपीएल गर्नका लागि चार देशले प्रस्ताव गरेका छन । जसमा यूएई, श्रीलंका, इंग्ल्याण्ड र अष्ट्रेलिया रहेका छन ।

भर्खरै

Advertisement