ए डिभिजन राष्ट्रिय फुटसल लिग अनिश्चित समयका लागि स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 707 पटक हेरिएको

अखिल नेपाल फुटबल संघको आयोजनामा हुने राष्टिय ए डिभिजन फुटसल लिग अनिश्चितसमयका लागि स्थगित भएको छ ।

एन्फाले विज्ञेप्ती जारी गर्दै जेठ एक गतेबाट हुने भनिएको फुटसल लिग अनिश्चित समयका लागि स्थगित जनाएको छ ।

१० टिमको सहभागिता हुने भनिएको प्रतियोगिता कोभिडका कारण अन्तिम समयमा आएर स्थगित भएको छ । प्रतियोगिता लागि सबै टिमको छनौट भइसकेको छ भने तयारीपनि अन्तिम चरणमा पुगेको थियो ।

तर कोभिडका कारण लकडाउन भएपछि प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

अब यो प्रतियोगिताका लागि एन्फाले अर्को मिती तय गर्ने भएको छ । पछिल्लो पटक नेपालमा कोभिडको असर निकै बढेकाले सरकारले लकडाउन गर्दा खेलकुद गतिविधी स्थगित हुन थालेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal