एनएसएल : फाइनल पुग्न काठमाडौं र धनगढी भिड्दै 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 331 पटक हेरिएको

राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज हुँदैछ । पहिलो क्वालीफायरमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी आमने सामने हुने छन् । यो खेल दशरथ रंगशालामा साढे पाँच बजे शुरुहुने छ । आजको विजेता सिधै फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले तेस्रो र चौथो बीचको विजेतासँग फाइनल प्रवेशका लागि आमने सामने हुने छ ।

धनगढी र काठमाडौं समूह चरणमा भिड्दा धनगढीले ३–० गोल अन्तरले जित दर्ता गरेको थियो ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौं रेजर्सले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणमा सर्वाधिक खेलमा जित निकाल्ने एक्लो टिम बनेको काठमाडौंले ६ खेलमा चार जित, एक बराबरी र एक हार ब्यहोरेको थियो । उसका एक हारपनि धनगढी विरुद्ध नै रहेको थियो ।

उसले प्रतियोगितामा कुल नौ गोल गर्दा आठ गोल खाएका थियो भने ठूलो अन्तरको हारपछि धनगढीविरुद्ध नै ब्यहोरेको थियो । काठमाडौंले धनगढी विरुद्ध तीन शुन्यको हार खाएको थियो । मंगलबार काठमाडौंलाई त्यो हारको बदला लिने मौका मात्र छैन, सुरक्षित तरिकाले फाइनलमा पुग्ने लक्ष्यपनि छन ।

यता प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको धनगढीको टिमपनि डेप्थमा निकै बलियो देखिएको छ । पेपरमा हेर्दा स्टार खेलाडी नभएपनि उसको टिममा हरेक पोजिसनमा रिप्लेस हुने खेलाडीपनि उत्तिकै राम्रा रहेका छन् । उसले लिग चरणमा ६ खेलमा तीन जित, एक बराबरी र दुई हार ब्यहोरेको छ । उसले आठ गोल गर्दा तीन गोल खाएको थियो । कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी लिग चरणमा कम गोल खाने एक्लो टिम हो ।

तर धनगढीको टिममा स्ट्राइकर ओलाओलेमा निकै बढि भर परेको देखिएको छ । लिग चरणको अन्तिम खेलमा ओलाओले नखेल्दा धनगढीले एक शुन्यको हार ब्यहोरेको थियो । तर उनी प्लेअफका लागि पुर्ण रुपमा फिट भएको धनगढीका म्यानेजर दिपेश तिमिल्सिनाले बताएका छन् ।

जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन । उनले प्रतियोगितामा चार गोल गरेका छन् । यता काठमाडौंका मेसौकेको गतिलाई रोक्नका लागि धनगढीका डिफेन्डरले धेरै नै सजकता अपनाउनुपर्ने हुन्छ । यस्तैमा स्टेफेन समिरको कम्बिनेसनपनि धनगढीलाई ठूलो चुनौती हुनेछ ।

दुबै टिमका कप्तान र प्रशिक्षकले एक अर्काको कमजारीर्ला औल्याएको र त्यहि अनुसारको रणनितीका साथ मैदानमा उत्रने बताइसकेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी यो प्रतियोगिताको उपाधि विजेताले नगद ३५ लाख प्राप्त गर्दा उप विजेता हुने टिमले १५ लाखमा चित्त बुझाउने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey