पाकिस्तानद्वारा टेष्ट सिरिज ‘क्लिनस्विप’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 410 पटक हेरिएको

पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज क्लिनस्विप गरेकाे छ ।

हरारेमा सोमबार दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स एक सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २-० ले जित्न सफल भयाे ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा ८ विकेट गुमाएर पाँच सय १० रन बनाएको थियो । उसका लागि अबिद अलीले अविजित रहदै २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै अजहर अलीले एक सय २६ रनको  पारी खेले । बलिङमा जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए ।
जवाफमा जिम्बावे पहिलो पारीमा एक सय ३२ रनमा अलआउट भएपछि फलो अनमा परेकाे थियाे । जसका कारण फेरी ब्याटिङ गरेकाे जिम्बावे दाेस्राे पारीमा पनि मात्र २ सय ३१ रनमा अलआउट भएपछि पाकिस्तानले भारती अन्तरकाे जित निकाल्याे । पहिलो टेस्टमा पनि पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey