Mega Bank

प्लेअफका लागि सबै टिमको एउटै दावी, रणनिती फरक फरक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 141 पटक हेरिएको

नेपाल सुपर लिगको प्लेअफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले आफ्नो टिमको प्रदर्शन राम्रो हुने दावी गरेका छन । प्लेअफका लागि तयारीको समय नभएपनि मैदानमा जितका लागि उत्रने सबै टिमले बताएका छन ।

सुपर लिगमा मंगलबार पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढी एफसीविच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले सोझै फाइनलमा स्थान बनाउनेछ भने हार्ने टिमले इलिमिनेटर खेल्नेछ ।

पहिलो प्लेअफका लागि दुबै टिम तयार रहेको बताएका छन ।

धनगढी एफसी

यस्तैमा धनगढी एफसीका कप्तान किरण चेम्जोङले प्लेअफका लागि तयारीको समय नभएपछि आफ्नो टिमले राम्रो खेल्ने धारणा राखे । उनले रिजल्टका हिसावले राम्रै रहेको र टिमले अर्को खेलका लागि तयार रहेको बताए । प्लेअफको खेल निकै प्रतिस्पर्धात्मक हुने बताए ।

यस्तै प्रशिक्षक फुजाले पनि काठमाडौं विरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र धनगढीको टिमले गोल निकाल्नेमा ध्यान दिइरहेको बताए । साथै उनले स्ट्राइकर ओलाओले पुर्ण रुपमा फिट भएको र प्लेअफको खेलमा मैदानमा उत्रिने बताए ।

काठमाडौं रेजर्स

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले लिगको पहिलो स्थानमा रहेकाले टिमको मनोबल उच्च रहेको र धनगढीविरुद्ध पनि राम्रो गर्ने अपेक्षामा रहेको बताए । यस्तै काठमाडौं टिम जितका लागि नै खेल्ने बताए । उनले लिग चरणमा टिममा देखिएको कमीकमजोरीलाई सुधार्ने तयार विपक्षीको कमजोरीलाई पनि पत्ता लगाइसकेकाले केहि सहज हुने बताए ।

यस्तै कप्तान विकेश कुथुले टिमले जित्नका लागि नै खेल्ने धारणा नै राखे । साथै उनले खेलाडी भन्दा कप्तानका हिसावले केहि दबाव बढि हुने बताए । तर पनि त्यसलाई कम गरेर उत्कृष्ट प्रदर्शन गर्ने दावी गरे ।

ललितपुर सिटी एफसी

ललितपु सिटी एफसीका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा केहि कठिन भएपनि विस्तारै लय समातेको र अब त्यहि लयलाई कायम राखेर अगाडी बढ्ने बताए । टिममा सुरुवातमा दबाव भएपनि अब आफ्नो टिम ब्युझिसकेको र यसले राम्रो नतिजाको अपेक्षामा रहेको धारणा राखे ।

यस्तै कप्तान अन्जन विष्टले पहिलो प्राथमिकता जितका लागि हुने र त्यसमा गोल पनि निस्कने बताए । उनले लिग चरणका अन्तिम दुई खेलका कारण टिमको मनोबल उच्च रहेको र बुटवल लुम्बिनीविरुद्धको खेलमा राम्रो नतिजा निस्कने बताए ।

बुटवल लुम्बिनी सिटी एफसी

बुटवल लुम्बिनीका प्रशिक्षकले प्लेअफका लागि टिम तयार रहेको र लक्ष्य जित नै रहेको बताए । साथै उनले ललितपुरको टिमको आक्रमण बलियो भएको र त्यसका लागि टिमले फरक रणनिती अपनाउने बताए ।

टिमले लिग चरणमा सोचेको जस्तो स्कोर गर्न नसकेको र स्ट्राइकर केहि चुकेको थिए, त्यो पक्षलाई मिलाएर ललितपुरविरुद्ध उत्रने बताए ।
यस्तै कप्तानको जिम्मेवारी पाएका विराज महर्जनले टिममा खेलाडीको चोट नभएकाले पनि प्रदर्शन राम्रो हुने अपेक्षामा रहेको बताए । विपक्षी टिमको रणनिती केहि हदसम्म थाहा भएकाले त्यहि अनुसारको रणनिती बनाएर खेल्ने बताए ।

उनले विदेशी खेलाडीसँगको सहकार्य हरेक खेलमा राम्रो हुँदै गएको बताए । सुरुवाती केहि खेलमा विदेशी खेलाडीसँग कम्युनिकेसनमा केहि कमि भएको र उनीहरुसँग राम्रो अन्डरस्ट्यान्डिङ नहुँदा केहि कठिनाई भएको थियो । तर अहिले त्यो सबै मिलेकाले पनि राम्रो नतिजाको अपेक्षामा छु ।

भर्खरै

Advertisement