कुशल भुर्तेल आईसीसी प्लेयर अफ द मन्थ बन्न असफल, बाबर अजम उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 604 पटक हेरिएको

नेप्लेज । राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको अप्रिल महिनाको उत्कृष्ट क्रिकेटर बन्न असफल भएका छन् ।

महिनाभरको प्रदर्शन र समर्थकको मतका आधारमा आईसीसीले कुशल सहित पाकिस्तानमा अजम र फकर जमानको मनोनयन सार्वजनिक गरेको थियो ।

आईसीसीले केहिबेरअघि सार्वजनिक गरेको नतिजामा बाबर अजम विजेता बनेका छन् । अप्रिल महिनामा उनले तीन एकदिवशीयमा २ सय २८ तथा सात ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३ सय ५ रन जोडेका थिए ।

उनी हालै विराट कोहलीलाई पछि पार्दै आईसीसी वरियतामा नम्बर एक एकदिवशीय ब्याट्सम्यानसमेत बनेका थिए ।

अघिल्लो महिना नेपालसहित मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रीदेशीय प्रतियोगिता नेपालले जित्दा कुशल म्यान अफ द सिरिज बनेका थिए । डेब्यू प्रतियोगिताको पाँच खेलमा उनले चार अर्धशतक प्रहार गरे । डेब्यूसँगै लगातार तीन अर्धशतक प्रहार गर्ने कीर्तिमानसमेत बनाएका थिए ।

त्यस्तै महिलातर्फ अस्ट्रेलियाली क्रिकेटर एसिला हेले अप्रिल महिनाको उत्कृष्ट खेलाडी चुनिएकी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey