भारतले जुलाईमा श्रीलंका भ्रमण गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 339 पटक हेरिएको

भारतीय क्रिकेट टिमले जुलाईमा एकदिवसिय र टी २० सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ । जहाँ भारतले तीन एकदिवसिय र पाँच टी २० खेलको सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले श्रीलंका भ्रमणमा हाल इंग्ल्याण्ड सिरिजका लागि टिममा रहेका खेलाडी नजाने बताएका छन । श्रीलंका विरुद्धको सिरिजका लागि ए टिमका खेलाडी जाने बताएका छन ।

बीसीसीआईले इंग्ल्याण्डसँगको पाँच टेष्ट को सिरिजका लागि २० खेलाडीको टिम बनाएका छ । यस्तै टेष्ट च्याम्पियनसिपको फाइनलका लागि पनि सोहि टिमले प्रतिस्पर्धा गर्नेछ ।

बीसीसीआईले श्रीलंका टुरका लागि छुट्टै टिम बनाउने भएको छ । श्रीलंकाविरुद्धको सिरिजको तालिका अझैपनि फाइनल गरिएको छैन । तर बीसीसीआईले अक्टोबरमा हुने टी २० विश्वकपका लागि खेलाडी तयार पार्ने लक्ष्यका साथ यो सिरिज गर्न लागेको बताइएको छ ।

बीसीसीआईले इंग्ल्याण्ड भ्रमणमा टिममा नराखेका खेलाडी शिखर धवन, हार्दिक पाण्ड्या, भवनेश्वर कुमार, दिपक चाहल, युज्वेन्द्र चाहल, पृथ्वी शा जस्ता खेलाडीलाई यो सिरिजमा पठाउने तयारी गरेको छ । यसका साथै यो प्रतियोगितामा युवा खेलाडीलाई मौका दिन भएको छ ।

यस्तै प्रतियोगिताका लागि २० युवा खेलाडीलाई समावेश गर्ने तयारी गरेको छ । जसमा राहुल तेवतिया, इशान किशन, शुर्यकुमार यादवलाई पनि मौका मिल्न सक्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey