Mega Bank

एनएसएल रिभ्यू: रेफ्री विवाद, प्रशिक्षक बर्खास्ती, ५० गाेल र ह्याट्रिक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 256 पटक हेरिएको

नेपाल सुपर लिगको लिग चरणका खेलहरु सकिएका छन । प्रतियोगिताको प्लेअफमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । जसमा धनगढी, काठमाडौं ललितपुर र बुटवल लुम्बिनी एफसीले शिर्ष चारमा स्थान बनाएका छन । लिग चरणको खेल सकिँदा यो प्रतियोगितामा खेलका हिसावले होस या रेफ्रीको निर्णयका हिसावले चर्चा निकै बटुल्यो । खेलाडीलाई मैदानबाट बाहिर बोलाउनु, पोष्ट म्याच कन्फ्रेन्समा रेफ्रीको खुलेर आलोचना गर्नु सबैले यो प्रतियोगितालाई केहि हटकेक बनायो । प्रतियोगितामा केहि खेल निकै रोमाञ्चक बने । त्यसमा सबै भन्दा धेरै काठमाडौं र विराटगरविचको खेल हट केक बन्यो । ब्यवस्थापनको हिसावले सफल भएपनि टिमलाई पर्याप्त आरामको समय नभएकाले उनीहरुलाई खेलाडीको चोटले भने निकै सतायो ।

प्रतियोगितामा ललितपुर सिटी एफसीले प्लेअफ बनाउँदा अन्तिम दुई खेलमा जुन प्रदर्शन गर्यो, त्यसले सबैलाई केहि हदसम्म चकित बनायो । चार खेलमा शिर्ष चारमा पुग्नका लागि केहि कठिन देखिएको ललितपुरले अन्तिम दुई खेलमा उत्कृष्ट जित निकाल्दै तेस्रो टिमका रुपमा प्लेअफमा पुग्यो । लगातार चार खेलमा जित निकाल्न नसकेपछि प्रशिक्षक प्रदिप हुमागाईलाई नै बर्खास्त गरेको ललितपुरले त्यसपछि भने राम्रो प्रदर्शन गर्यो । प्रशिक्षक राजु तामाङको प्रशिक्षणमा आएपछि एकाएक टिमले कायापलट नै गर्यो ।

प्रतियोगितामा गोलका लागि पाएका मौकामा असफल भएर निकै दिक्क भएका ललितपुरका कप्तान अन्जन विष्टले त्यसलाई विराटनगरविरुद्धको खेलमा पोखे । उनले सो खेलमा दुई गोल गर्दै आफु फर्ममा नै रहेको प्रमाणित गरे । तर यो प्रतियोगितामा नेपाली स्ट्राइकरको गोल गर्ने क्षमता भने केहि हदसम्म कम देखियो । बरु युवा खेलाडी तथा मिडफिल्डरले बढि गोल गरे ।

यो प्रतियोगितामा चितवनको प्रदर्शन भने टिठ लाग्दो रह्यो । उसका मुख्य प्रशिक्षक मेघराज केसी पारिवारिक कारणले टिमसँग नहुनु, कप्तान भरत खवासपनि पुर्णरुपमा फिट नहुनुले टिमलाई ठूलो घाटा रह्यो । यद्दपी जर्जप्रिन्स कार्की जो अक्सनमा विक्रि भएका थिएनन्, उनले चितवनबाट मौका पाउँदा आफुलाई प्रमाणित गर्ने मौका पाए ।

प्रतियोगितामा एक खेलपनि नजित्ने चितवन एक्लो टिम बन्यो । जुन फ्रेन्चाइजी टिमका मालिकका लागि केहि धक्का पुग्ने नतिजा बन्यो । प्रतियोगितामा पेपरमा ठिक्क रहेको ठिम धनगढी एफसीले आफुलाई मैदानमा अब्बल सावित गर्यो । प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको धनगढीले अन्तिम खेलमा हारेपनि आफ्ना समर्थकको मन जित्न सफल भयो ।

अरु टिममा मालिक ब्यापारिक हिसावले पनि बलियो हुँदा धनगढी टिमका मालिकले एनएसएलमा लगानी गर्नु जुवा खेल्नु जस्तै थियो । तर अझैपनि धनगढी टिम एक स्ट्राइकरमा बढि भर परेको देखिएको छ । उसका मुख्य स्ट्राइकर ओलाओले घाइते हुँदा अन्तिम खेल खेल्न पाएनन् । जसका कारण उनको टिमले एक शुन्यको हार ब्यहोर्यो ।

यो प्रतियोगितामा केहि यस्ता खेलाडीले आफ्नो क्षमता देखाउने मौका पाए, जो सायदै उनले यसरी गर्न पाउथे । युवा खेलाडीका लागि नेपाल सुपर लिग राम्रो माध्यम बन्यो, क्षमता भरपुर देखाउने । मैदानमा गोलको वर्षा भइराख्दा तातिएको दुई प्लेयर बक्सको माहोल र दुवै पक्षका अफिसियल रातो कार्ड पाए । काठमाण्डौँका मेसौके ओलोमोउको ह्याट्रिक, विराटनगरका सन्तोष तामाङले गरेका तीन गोल निकै उत्कृष्ट थिए । यसबाहेक दर्शन गुरुङ, आशिष लामाको गोल पनि अविस्मरणीय नै रह्यो ।

प्रतियोगिता आयोजनाका हिसावले राम्रो रहेपछि दर्शकको अनुपस्थित खेलाडीलाई मात्र होइन आयोजकलाई नै खल्लो बनायो । प्रतियोगितामा दुई खेलाडीले रातो कार्ड पाउँदा दुई पदाधिकारीले पनि बेन्चमा बस्दा बस्दै मैदान छोड्नुपर्यो ।

लिग चरणको अन्तिम खेलमा काठमाडौं र चितवनको खेलमा कुल गोलको संख्या ५० पनि पुग्यो । यो प्रतियोगितामा विदेशी खेलाडीको प्रदर्शनको अनुपात हेर्दा अफ्रिकन खेलाडीको प्रदर्शन नै अगाडी रह्यो । सर्वाधिक गोलकर्ताको सूचीमा अफ्रिकन खेलाडी नै अग्र स्थानमा छन । जसमा काठमाडौंका मेसौके ५ गोलको साथ शिर्ष स्थानमा छन । यस्तैमा धनगढीका ओलाओलेको र विराटनगर सिटीका पेद्रो मान्जीको चार गोल रहेको छ ।

यस्तै विराटनरकै सन्तोष तामाङको तीन गोल गरेको छ । प्रतियोगितामा १० खेलाडीले दुई वा दुई भन्दा बढि गोल गरे । यस्तै धेरै क्लिन सिट हुने गोलकिपरमा चार जना खेलाडी रहे । जसमा काठमाडौं रेजर्सका विकेश कुथु, पोखराका दिप कार्की, धनगढीका किरण चेम्जोङ, ललितपुरका अर्पन कार्की समान तीन तीन खेलमा क्लिन सिट रहे ।

यस्तै किशोर गिरी र विशाल श्रेष्ठ दुई खेलमा क्लिन सिट रहे । प्रतियोगितामा २१ खेल हुँदा एक खेलका दुई दशमलव तीन आठको औषतमा ५० गोल भए । लिगमा ६ खेल नतिजा विहिन बने । त्यसमा दुई खेलमा एक गोल पनि भएन भने एक खेलमा दुई दुई गोलको बराबरी भयो ।
लिग बहुचर्चित नै हो । कोरोना कहरका बिच सरकारको अनुमतिमा एकमा प्रतियोगिता भइरहेकाले धेरै भन्दा धेरै दर्शक भर्चुअल माध्यमबाट जोडिनु स्वाभाविक थियो । यसैबिच विराटनगर र ललितपुरबिचको खेल लिगमै दाग लगाउने खाले थियो । शनिबार भएको पहिलो खेलमा विराटनगरले पहिलो हाफमा डि बक्स भित्रको ह्याण्डबललाई मान्यता नदिनुमा विराटनगरको आपत्ति थियो । त्यसपछि ६३ र्औँ मिनेट दोस्रो गोल खाएपछि विराटनगरका पेड्रो माञ्जी बाहेक अन्य खेलाडीले मैदानबाट बाहिरीएका थिए ।

त्यो खेलमा विराटनगरका पदाधिकारीले मैदानमा देखाएको ब्यवहारले पुरै टिम आलोचित बन्यो । उनीहरुले रेफ्रीको गलत निर्णय भएका बेला त्यो एक्सन गरेको भए केहि हदसम्म राम्रो देखिथ्यो । तर जब गोल खायो, त्यसपछि खेलाडीलाई मैदानबाट बाहिर बोलाउनु खेल प्रतिको राम्रो ब्यवहार नभएको आंकलन गरियो । यसलाई विराटनगरलेपनि मनन गरेर खेल सकिएको केहि समयमा माफी माग्दै विज्ञेप्तीपनि जारी गर्यो ।

रेफ्रीको निर्णयमा आलोचना गरेको विराटनगर एक्लो टिम भने होइन । काठमाण्डौँ रेर्जस तथा विराटनगरको खेल पछि प्रशिक्षक बालगोपाल र यान लले रेफ्रीको टुर्नामेण्टको लागि अपरिपक्व भएको बताए । साथै ललितपुरसँग चार सुन्य गोलको पराजय ब्येहोरेपछि रेफ्रीको निर्णयका कारण नतिजा प्रभावित भएको विराटनगरको बुझाइ छ । यान लले रेफ्री, स्कुल लेभलको टुर्नामेण्ट खेलाउने जस्तो रहेको भन्दै आक्रोश पोखे । जसका कारण उनको पनि समर्थकले आलोचना भयो ।

प्रतियोगिता सुरु हुनु र सरकारले मैदानमा दर्शकको उपस्थितीलाई निशेध गर्दा केहि खल्लो महसुस भयो । त्यसपछि लकडाउन भएपछि त रंगशाला पुरै खाली नै भयो । यसको प्रत्यक्ष घाटा आयोजकलाई भयो । खेलमा दर्शकको उपस्थिती भएको भए आयोजकलाई टिकट विक्रिबाट निकै राम्रो आम्दानी हुने थियो । तर त्यो बाट यसपटक आयोजकहरु चुके ।

पहिलो संस्करणको आयोजना अहिलेसम्म सफल रुपमा गरेको नेपाल स्पोर्टस एण्ड इभेन्ट्स प्रालीले अर्को संस्करण गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने देखिएको छ ।

भर्खरै

Advertisement