Mega Bank

कोहली र अनुष्काको क्याम्पेनमा २४ घण्टामै ३ करोड ८० लाख संकलन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 195 पटक हेरिएको

भारतमा कोरोनाको महामारीले दैनिक हजारौंको ज्यान लिइरहेको छ । यस्तैमा भारतमा कोरोनाका विरामीलाई उपचार गर्न अक्सिजन सिलिन्डरको कमी भएकाले पनि निकै कठिन भएको बताइएको छ ।

यसका लागि भारत सरकारलाई विभिन्न देशले सहयोग गर्दै आएका छन भने भारतीमा पनि विभिन्न क्षेत्रका ब्यक्ति र संस्थाले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यस्तैमा चेन्नेई सुपर किंग्सले तमिलनाडु सरकारलाई चार सय ५० अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

चेन्नेई टिमले सो अक्सिजन सिलिन्डर भोविका ट्रस्टको माध्यमबाट दिएका हुन । सो सिलिन्डर सरकारी अस्पताल र ग्रेटर चेन्नेई कर्पोरेसनबाट सञ्चालित गरिएको कोभिड सेन्टरमा जानेछ ।

कोभिडका कारण नै इन्डियन प्रिमियर लिग स्थगित भएको थियो । यता भारतीय क्रिकेट टिमको कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माले खडा गरेको क्याम्पेनमा २४ घण्टामा नै तीन करोड ८० लाख रुपैयाँ संकलन भएको छ । कोरोना विरुद्ध लड्नकालागि खडा गरिएको सो क्याम्पेनमा कोहली र शर्माले दुई करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

उनीहरुले यो अभियानमा सात करोड भारतीय रुपैयाँको लक्ष्य राखेका छन । यस्तैमा भारतमा कोभिडविरुद्ध लड्नका लागि क्रिकेट अष्ट्रेलियाले ५० हजार डलर सहयोग गरेको थियो ।

भर्खरै

Advertisement