नेयमारकाे नयाँ सन्झाैता अनुसार घण्टाकाे कमाई तीन हजार सात सय युरो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 540 पटक हेरिएको

पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमारले क्लवसँग सन् २०२५ सम्मको नयाँ सम्झौता गरेका छन । सन् २०१७ मा दुई सय मिलियन पाउण्डको विश्व कीर्तिमानी रकममा अनुबन्ध भएका नेयमारले फेरी चार बर्षको सम्झौता थपेका छन । नयाँ सम्झौता अनुसार नेयमारले बर्षको ३ करोड युरो पाउनेछन ।

यो रकमलाई मासिक, हातामा र हरेक दिनको हिसाव गर्ने हो भने नेयमारले महिनाका २५ लाख यूरो तलव पाउनेछन भने सातामा ६ लाख २५ हजार यूरो पाउनेछन ।

यतिमात्र होइन, उनले एक दिनमा ८९ हजार दुई सय युरो तलव खानेछन । अब पीएसजीबाट खेल्दा उनको एक घण्टाका कमाई तीन हजार सात सय युरो हुनेछ । जसमा उनले एक मिनेटमा ६२ युरो हात पार्नेछन ।

पीएसजीमा जाँदा सुरुवातमा पाँच बर्षको सम्झौता गरेका नेयमारले अहिलेसम्म एक सय १२ खेल खेल्दा ८५ गोल गरेका छन भने ५१ एसिस्ट गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal