मड्रिड ओपन टेनिसको महिलाको उपाधी सेबालेन्काले जितिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 930 पटक हेरिएको

मड्रिड ओपन टेनिसको महिला तर्फको उपाधी बेलारुसकी एरिना सेबालेन्काले जितेकी छिन् ।

सेवालेन्काले, विश्व नम्बर एक आस्ली बार्टीलाइ तीन सेटमा सेटमा स्तब्ध पार्दै उपाधी जितेकी हुनन् । विश्व वरियताको सातौ स्थानमा रहेकी सेबालेन्काले पहिलो सेट सहजै ६–शुन्यले जितेकी थिइन् । यो सेटका लागि उनले जम्मा २५ मिनेट समय लगाइन् ।

दोस्रो सेटमा अस्ट्रेलियन बार्टी लयमा फर्किइन् । बार्टीले ६–३ ले सेट जित्दै खेल बराबरी गरेकी थिइन् । तर उनले यो लयलाइ निरन्ता दिन सकिनन् । तेस्रो सेट सेबालेन्काले ६–४ ले जित्दै उपाधी माथि कब्जा जमाइन् । च्याम्पियन बन्ने क्रममा सेबालेन्काले एक घन्टा ३९ मिनेटम समय कोर्टमा विताइन् । उनको सिजनको यो दोस्रो उपाधी हो । यसअघि उनले गत जनवरीमा दुबइ अ‍ोपनको उपाधी जितेकी थिइन् ।

क्ले कोर्टमा उनको यो पहिलो उपाधी हो । यसअघि भएका दुइ भेटमा बार्टीले जीत हात पारेकी थिइन् । यो संगै सन २०१९ यता क्लेमा अपराजित रहदै आएकी बार्टीको यात्रामा पुर्ण विराम लागेको छ । सेबालेन्का ग्रान्डस्लामको चौथो चरण भन्दा अघि पुग्न सकेकी छैनन् ।

तर यो पटक उनी अर्को साता बाट सुरु हुने फ्रेन्च ओपनमा प्रमुख दावेदारका रुपमा रहनेछिन् । यो जीतले उनी वरियतामा सुधार गर्दै चौथो स्थानमा पनि पुग्नेछिन् । पुरुष तर्फको उपाधीका लागि अलेक्जेन्डर ज्वेरेभर र बेरेटिनी बीच प्रतिस्पर्धा हुनेछन । ज्वेरेभले सेमीफाइनलमा डोमिनिक टिम र बेरेटिनीले क्यास्पर रुडलाइ पराजित गरेका हुन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal