च्याम्पियन्स लिगमा स्थान बनाउन सिरी ए मा ४ क्लवकाे हाेड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 336 पटक हेरिएको

इटालीयन सिरी ए को उपाधिको छिनोफानो भइसकेको छ । तर अर्को सिजनको च्याम्पियन्स लिगका लागि को टिम छनौट हुने भन्ने टुंगो यतिबेला निकै रोमाञ्चक मोडमा पुगेको छ ।

इन्टरले सिरी एको उपाधि जितिसकेको अवस्थामा युभेन्टस र एसी मिलानका लागि अर्को सिजनको च्याम्पियन्स लिगमा लागि कडा प्रतिस्पर्धा रहेको छ ।

यस्तैमा आइतबार राती दुबै टिम प्रतिस्पर्धा गर्दैछन । यो खेलले केहि हदसम्म च्याम्पियन्स लिगको टुंगो लगाउनेछ । दुबै टिमको ३४ खेलमा ६९ अंक रहेको छ । यस्तै एटलान्टाको पनि समान अंक रहेको छ । एटलान्टाले रेलिगेसनमा परसकेको पारमासँग खेलिसकेको छ ।

तर आइतबारको खेलले धेरै क्लवको अवस्थालाई प्रस्ट्याउनेछ । च्याम्पियन्स लिगको होडमा रहेको एटलान्टाले पारमासँग खेलिसकेको अवस्थामा अब बेनेभेन्टो, जिनोआ र एसी मिलानसँग खेल्न बाँकी छ ।

यस्तै मिलानपछि युभेन्टसले सासुउलोसँग खेल्नुपर्नेछ, त्यसपछि इन्टर मिलान र बोलोग्नासँग खेल्नेछ । यस्तै मिलानले युभेन्टसपछि टोरीना, काग्लियारी र एटलान्टासँग खेल्नेछ ।

यो सिजनको सिरी एमा च्याम्पियन्स लिगको होड युरोपियन अरु लिगमा सर्वाधिक रोमाञ्चक रहेको छ । लिगमा नापोलीको ७० अंक छ भने एटलान्टा, युभेन्टस, एसी मिलानको समान ६९ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal