ला लिगाकाे उपाधि रक्षा गर्ने रियलकाे जिम्मा आफ्नै काँधमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 466 पटक हेरिएको

स्पेनीस ला लिगामा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेपछि यसको फाइदा अर्को क्लव रियल मड्रिडले प्रत्यक्ष रुपमा पायो ।

तर ला लिगाको उपाधि जित्नका लागि जिनेदिन जिदानको टिम रियलको हातमा सबै कुरा रहेको छ । लिगमा चार खेल खेल्न बाँकी रहेका बेला उपाधिको यात्रा रियलले आफ्नो खेलमा नै हरेको छ । यदि रियलले चारै खेल जितेमा उसले ला लिगाको उपाधि रक्षा गर्नेछ । उसले अब सेभिया, ग्रानाडा, एथ्लेटिक क्लव र भिल्ला रियलसँग खेल्न बाँकी छ ।

रियलका लागि यी चार खेल निकै महत्वपुर्ण रहेका छन । एक खेलमापनि बराबरी खेलेमा वा पराजित भएको खण्डमा उसको उपाधि यात्रा समाप्त हुनेछ । दुई साता अगाडी रियल बेटिससँग बराबरी खेलेपछि रियलले अहिलेको अवस्थामा आउने कमै सोचेको थियो होला ।

जुन अवस्थामा रियल ला लिगाको उपाधिका लागि पुगेको छ, त्यसमा सबै जिम्मा आफ्नो प्रदर्शनमा नै रहेको छ । यसमा रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि टिमका खेलाडीलाई प्रष्ट बोलेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal