टाेटनहमबाट अर्काे क्लवमा जान पाउन केनकाे आग्रह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 402 पटक हेरिएको

टोटनहमका मुख्य स्ट्राइकर हेरी केनले क्लवका मालिक डेनीयल लेभीलाई आफ्ना लागि आएको प्रस्तावमा ध्यान दिन बताउने भएका छन ।

केनले आफु खुल्ला ट्रान्सफर मार्केटमा उपलब्ध नभएपछि आन्तरीक रुपमा अरु क्लवबाट आएको प्रस्तावमा ध्यान दिन लेभीलाई बताउने भएका हुन ।

केहि दिन अगाडी म्यानचेस्टर युनाइटेडले केनलाई ९० मिलियन पाउण्डमा खरिद गर्नकालागि तयार भएको बताएको थियो । यस्तैमा यो सिजनमा टोटनहमले राम्रो प्रदर्शन नगर्दा केन अर्को विकल्पको खोजिमा रहेका छन ।

शनिबारमात्र टोटनहम लिड्ससँग तीन एकले पराजित भएको थियो । जसका कारण टोटनहमको अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने संभावना समाप्त भएको थियो ।

द सनका अनुसार केनले क्लवलाई आफु अर्को टिममा जानका लागि स्विकृती दिन अनुरोध गर्ने भएका छन । युनाइटेडले ९० मिलियन पाउण्डको प्रस्ताव गर्दा लेभी भने उनको मुल्य डबल खोजिरहेका छन । तर अहिलेको कोरोना भाइरसले आर्थिक अवस्था कमजोर हुँदा त्यो रकम तिर्न कठिन भएको बताइएको छ ।

केन टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन । उनले अहिलेसम्म उनले दुई सय १९ गोल गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey