Mega Bank

प्रतिष्ठाकाे लडाईका लागि काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 94 पटक हेरिएको

प्रतिष्ठाको लडाईका साथ नेपाल सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स र एफसी चितवन आमनेसामने हुँदैछन ।

दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार खेल साँझ साँढे सात बजेबाट सुरु हुनेछ । प्रतियोगिताको प्लेअफमा पुगिसकेको काठमाडौं र बाहिरीसकेको चितवनविचको खेलको जित हारले कुनै फरक नपारेपनि काठमाडौंलाई अंक तालिकाको शिर्ष स्थानमा रहेर प्लेअफमा पुग्ने मौका हुनेछ ।

आजको खेलमा काठमाडौंले टिममा धेरै परिवर्तन गर्ने संभावना रहेको छ । यता चितवन पनि जितका साथ प्रतियोगिता टुंग्याउने योजनामा छ । जारी प्रतियोगितामा पाँच खेलमा एक जितपनि निकाल्न नसकेको चितवन अन्तिम खेलमा बाजी मार्ने लक्ष्यमा छन । यदि उसले आजको खेलमा पनि जित निकाल्न नसकेको खण्डमा प्रतियोगितामा एक खेलपनि नजित्ने चितवनमात्र एक्लो टिम हुुनेछ ।

उसको अहिलेसम्म पाँच खेलमा दुई अंक छ । काठमाडौं भने पाँच खेलमा १० अंकका साथ लिगको दोस्रो स्थानमा छ । समान अंक भएपनि हेड टु हेडका आधारमा धनगढी शिर्ष स्थानमा छ ।

भर्खरै

Advertisement