Mega Bank

‘मिसन इम्पोसिबल’ लाई ‘पोसिबल’ बनाएको ललितपुर एफसी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 266 पटक हेरिएको

नेपाल सुपर लिगको प्ले अफको समिकरण पुरा भएको छ । यो समिकरणमा अन्तिम दुई खेलमा आश्चार्यजनक नतिजा निकाल्दै शिर्ष चारमा पुग्ने टिम हो ललितपुर सिटी एफसी । लिगमा चार खेलसम्म लिगको पुछारबाट दोस्रो स्थानमा रहेको ललितपुरले त्यसपछि बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेर लगातार दुई जित निकाल्दै शिर्ष चारमा स्थान बनायो । चार खेल खेल्दा तीन बराबरी र एक हार ब्यहोरेको ललितपुरको संभावना निकै न्युन देखिएको थियो । उसको तीन अंक हुँदा बाँकी पाँच टिम प्लेअफमा पुग्ने टिममा निकै अगाडी रहेका थिए ।

ललितपुर भन्दा पछाडी चितवन एफसीमात्र थियो । लगातार चार खेलमा जित निकाल्न नसकेपछि ललितपुर टिमले प्रशिक्षक प्रदिप हुमागाईलाई नै बर्खास्त गर्यो । भन्नमा हुमागाईले नैतिकताका आधारमा राजिनामा दिएको बताएपछि टिमको ब्यवस्थापनले उनलाई हटाएको थियो ।

त्यसपछि ललितपुरको टिमको प्रशिक्षकको जिम्मेवारी पूर्व राष्ट्रिय खेलाडी राजू तामाङको काँधमा आइपर्यो । खेलाडीका हिसावले सफल भएपनि उनलाई यो प्रतियोगिताबाट आफुलाई प्रमाणित गर्नुपर्ने अवस्था थियो । यस्तैमा लिगको पाँचौ चरणको खेलमा उत्रियो बुटवल लुम्बिनी एफसीसँग । सो खेलमा ललितपुरलाई दोहोरो दबाव थियो । एक त प्रशिक्षकको बर्खास्ती पछिको पहिलो खेल, त्यसमा हारेमा प्रतियोगिताबाट बाहिरीने ।

जित्नैपर्ने दबावका साथ मैदानमा उत्रिएको खेलको छैटौं मिनेटमा नर्लानले ललितपुरलाई अग्रता दिलाए । अन्तिममा सोहि गोल ललितपुलाई जित्न पर्याप्त बन्यो ।
त्यो जितले ललितपुरलाई प्लेअफमा पुग्ने संभावना कायमै रह्यो । त्यसपपछि अरु खेलको नतिजापनि ललितपुरको फेरबमा नै रह्यो । काठमाडौले विराटनगरलाई हराउँनु, पोखराले जित्नुले ललितपुरलाई अन्तिम खेलमा जित्नै पर्ने अवस्थामा पुग्यो ।

यस्तैमा ललितपुरले लिगमा आफ्नो अन्तिम खेलमा बिराटनगरलाई चार शुन्यको भारी अन्तरले हरायो । यो जितले ललितपुरका स्ट्राइकरमा लागेको दागपनि मेटियो । किनकी खेलमा राम्रो गरेपछि स्कोर गर्न नसक्ने टिम भनेर भनिएको थियो । यतिमात्र होइन अहिलेसम्म खेलको पाँच खेलमा कप्तान अञ्जन विष्टको गोलको भोकपनि निकै महत्वपुर्ण खेलमा आएर पुरा भयो । उनले यो खेलमा दुई गोल गरे ।

प्रशिक्षक परिवर्तनपछि नयाँ लय र स्वरुपमा देखिएको ललितपुरले पछिल्ला दुई खेलमा देखाएको प्रदर्शनले टिम उपाधिको राम्रो दावेदारका रुपमा हेरिएको छ ।

चार खेलसम्म प्रतियोगितामा खासै बलियो नदेखिएको ललितपुर अन्तिम दुुई खेलले आफ्नो स्वरुप नै परिवर्तन गरेको छ । तर अब उसको परिक्षा प्लेअफमा बुटवल एफसीसँगको खेलमा हुनेछ । किनकी सो हार उसका लागि प्रतियोगिताबाट बाहिर गराउनेछ । उसले प्रतियोगितामा दुई जित तीन बराबरी र एक हार ब्यहोरेको थियो ।

भर्खरै

Advertisement