खेलाडी मैदानबाट बाहिर निकालेकाे बिराटनगरले माग्याे माफी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 381 पटक हेरिएको

नेपाल सुपर लिगमा ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीको निर्णयका कारण विचमा नै खेलाडीलाई मैदान बाहिर निकालेको विराटनगर सिटी एफसीले माफी मागेको छ ।

क्लवले विज्ञेप्ती जारी गर्दै खेलका बेला खेलाडीलाई बाहिर निकालेर खेल रोक्ने प्रयास गर्नु गल्ति भएको बताएको छ । क्लवले सो निर्णय खेलाडीको नभएर क्लवको रहेको बताएको छ । सो निर्णयले क्लवका समर्थकमा राम्रो सन्देश नगएकाले माफी मागेको बताएको छ ।

क्लवले खेलका बेला खेलाडीलाई मैदानबाहिर निकाल्नु क्लवको कुनै योजना नभएको तर जुन किसिमको निर्णय खेलका बेला रेफ्रीले गरे, त्यसले प्रतियोगिताको स्तरमा नै धक्का पारेको बताएको छ । यसका साथै क्लवले बारम्बार विभिन्न क्लवका प्रशिक्षकले रेफ्रीका निर्णयमा गरेको आपत्तीलाई नसुन्नुले पनि प्रतियोगिताको स्तरमा धक्का पुग्ने बताए ।

यो प्रतियोगिताका आयोजकले यसको स्तर बढाउन र आगामी दिनमा अझ राम्रो गर्नका लागि विश्लेषण गर्न निकै आवश्यक रहेको बताएको छ । साथै क्लवे अर्कोसिजनमा झन बलियो रुपमा फर्किने बताएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal