धनगढी र बुटवल लुम्बिनीबिचको पहिलो हाफ बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 452 पटक हेरिएको

नेपाल प्रिमियर लिगको शिर्ष स्थानको धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबिचको पहिलो हाफ गोल रहित बराबरी भएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफसम्म धनगढी र बुटवलले कुनैपनि गोल गर्न सकेनन् ।

पहिलो हाफमा दुबै टोलीले केही मौका पाएका थिए जुन मौकालाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

शीर्ष स्थानमा रहेको धनगढी प्ले अफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ ।

धनगढीले ५ खेलबाट १० अंक छ भने बुटवल प्लेअफमा स्थान बनाउन जितको खोजीमा छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey