Mega Bank

नेपाल सुपर लिग, रेफ्रीको निर्णय र प्रशिक्षकको आक्रोश

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 240 पटक हेरिएको

नेपालमा पहिलो पटक आयोजना भइरहेको नेपाल सुपर लिगको दोस्रो दिनबाट सुरु भएको रेफ्रीको निर्णयको असन्तुष्टी विराटनगर र ललितपुरको खेलमा चरम सिमामा पुग्यो । यसअघि खेलमा भन्दापनि खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षकले रेफ्रीको आलोचना गरेको थिए । यसी आलोचना गर्नेमा काठमाडौं रेजर्सका बालगोपाल महर्जन, ललितपुर सिटी एफसीका पूर्व प्रशिक्षक प्रदिप हुमागाई र विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान ल ले खुलेरै आलोचना गरे ।

आफ्नो टिमले बराबरी खेल्दा वा हार्दा रेफ्रीको निर्णयमा निकै असन्तुष्टि जनाएका उनीहरुले स्तरमा नै प्रश्न उठाएका थिए ।प्रतियोगिता अन्तिम चरणमा पुग्दा विराटनगर र ललितपुरको खेलमा भने खेलाडीले रेफ्रीको निर्णयका कारण मैदान नै छाड्नुपर्ने अवस्था सिर्जना भयो । संयोग यो खेल विराटनगरका नै थियो । प्रतियोगितामा रेफ्रीको निर्णयको बारम्बार विरोध गर्दै आएका यान लको टिम विराटनरले दुई शुन्यले पछि परेको अवस्थामा रेफ्रीको निर्णयका कारण मैदान छोड्ने निर्णय गर्यो ।

ललितपुरका खेलाडीले फल गर्दापनि रेफ्री कबिन बेन्जनकारले बेवास्ता गरेको र यो निर्णय एकतर्फी जस्तो भएको भन्दै टिमका ब्यवस्थापक र प्रशिक्षकले खेलाडीलाई मैदान बाहिर छोड्न भने । जसका कारण खेल सात मिनेट रोकिएको थियो ।

तर प्रतियोगिता ब्यवस्थापकले आग्रह गरेपछि विराटनगर टिम खेल्न तयार भयो र खेल सुरु भएको थियो । तर खेल सकिएपछि विराटनगरका प्रशिक्षक यान ल ले आफ्नो टिम हार्नुको मुख्य कारण नै रेफ्रीको निर्णय भएको बताए । उनले खेलका बेला तीन वटा पेनाल्टी पाएका थियौं तर रेफ्रीले त्यसलाई बेवास्त गर्यो । खेलाडीले राम्रो खेल्दापनि रेफ्रीको निर्णयका कारण टिम बाहिरीनु परेको बताए ।

उनले हरेक दिन रेफ्रीको निर्णयबाट आश्चार्यमा परेको र रेफ्रीकै निर्णयका कारण प्रतियोगिताको राम्रो टिम बाहिरीनु परेको बताए । उनले नेपाली रेफ्रीको स्तर भारतको स्कुल स्तरीय प्रतियोगिता खेलाउने किसिमको रहेको भन्दै कडा आलोचना गरे ।

यो प्रतियोगितामा रेफ्रीको निर्णयमा आपत्ती जनाउने उनी एक्लो प्रशिक्षक भने होइनन् । यसअघि ललितपुले दोस्रो खेलमा राम्रो नतिजा ननिकाल्दा त्यो बेला ललितपुर सिटीका प्रशिक्षक प्रदिप हुमागाईल पनि आलोचाना गरेका थिए ।

नेपाली रेफ्रीको निर्णय नेपाल सुपर लिगमा मात्र होइन, लिगमा होस या विभिन्न गोल्डकपमा आलोचना हुँदै आएको छ । यसअघि काठमाडौं र विराटनगरको खेलमा पनि एकै खेलमा नौ गोल हुँदा रेफ्रीको निर्णयमा टिमका ब्यवस्थापकले आपत्ती जनाएका थिए । सो खेलमा दुबै टिमका अफिसियललाई रातो कार्ड दिइएको थियो ।

यस्तै विराटनगरले ललितपुरसँग चार शुन्यले हार्दा एक रातो कार्ड दिइयो । दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेलो कार्ड पाउँदैबाट बाहिरीएका थिए ।

यो प्रतियोगितामा अहिलेसम्म खेलाडीलाई दुई वटा रातो कार्ड दिइएको छ । यस्तै दुई अफिसियललाई पनि रातोकार्ड बाँढिएको छ । रेफ्रीको निर्णयमा जुन किसिमको आलोचना यो प्रतियोगितामा भयो, त्यसले एन्फालाई पनि निकै गम्भिर हुने अवस्था आएको छ ।

भर्खरै

Advertisement