Mega Bank

विराटनगरबिरुद्द ललितपुर पहिलाे हाफमा १-० ले अगाडि

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 54 पटक हेरिएको

नेपाल सुपर लिग एनएसएलमा लिग चरणको खेलमा अहिले ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसी बीच प्रतिस्पर्धा भइरहेकाे छ ।

पहिलाे हाफकाे खेल सकिँदा ललितपुरले १-० काे अग्रता लिएकाे छ । ३६ अाैं मिनेटमा अन्जन विष्टकाे सानदार गाेल मार्फत ललितपुरले अग्रता लिएकाे हाे । विमल रानाले गरेकाे प्रहार विराटनगरका किशाेर गिरीले राेके पनि रिवाउन्ड बलमा अन्जनले पेनाल्टी एरियाबाट सानदार ड्रप भली गाेल गरे । गाेल हुनुभन्दा १ मिनेट अगाडि पनि ललितपुरले गाेलकाे अवसर गुमाएकाे थियाे ।

एरिक विष्टले प्रहार गरेकाे फ्रिकिक विराटनगरका गाेलरक्षक गिरीले डाइभ गरी बचाएका थिए ।

पहिला हाफमा विराटनगरले एउटा पनि गतिलाे मुभ बनाउन सकेन ।

शीर्ष चारभित्र सुरक्षित रहनका लागि आजकाे खेल दुवै टाेलीलार्इ जित्नैपर्ने छ ।

भर्खरै

Advertisement