नेपाल सुपर लिगमा प्ले अफ पुग्ने बाँकी २ टिमको टुंगो आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 407 पटक हेरिएको

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल एनएसलमा आज २ वटा खेल हुने छन् ।

आजको खेलको नतिजासँगै प्लेअफमा पुग्ने टिमको टुंगो लाग्ने छ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो साढे २ बजे विराटनगर र ललितपुरबीच प्रतिस्पर्धा हुने छ । विराटनगर ५ खेलबाट सात अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।

आजको खेलमा विराटनगर विजयी भए शीर्ष चारमा अड्ने छ भने बराबरीले भने अरुको नतिजा कुनुपर्ने छ । पाँच खेलबाट ६ अंक जोडेको ललितपुर पाँचौं स्थानमा रहेकाले जित निकाल्नै पर्ने बाध्यता रहेको छ ।

बराबरी खेल्दा ललितपुर पनि प्रतियोगिताबाट बाहिरिने छ । यस्तै आजै साँझ साढे ५ बजे शुरुहुने खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने छ ।

धनगढी यसअघिनै प्ले अफमा पुगे पनि आज पनि जित निकाल्दै शीर्ष स्थानका साथ प्ले अफ खेल्ने लक्ष्यमा रहेको छ ।

धनगढीले ५ खेलबाट १० अंक जोडेको छ । बुटवल भने ५ खेलबाट पाँच अंक मात्रै जोडेकाले धनगढीविरुद्ध फराकिलो जित निकाल्दा मात्रै प्ले अफमा पुग्ने सम्भावना रहने छ ।

May be an image of text

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey