पोखराले खेल बराबरी गर्न सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 285 पटक हेरिएको

पहिलो हाफ गोलरहित बराबरी खेलकोे चितवनले दोस्रो हाफमा पनि केहि राम्रा मौका पाएको थियो । ५९ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोखराका गोलकिपर दीप कार्कीले बचाए ।

६८ औं मिनेटमा मोउरा अब्बाले आफैले प्रहार गर्नुपर्ने बललाई क्रस गर्दा राम्रो अवसर खेर फाले । ७० औं मिनेटमा चितवनका लागि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रुपबहादुर लामाको प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलको ७२ औं मिनेटमा चितवनले खेलमा अग्रता बनायो । उसका लागि शिशिर लेखीले उत्कृष्ट गोल गर्न सफल भए ।

त्यसपछिपनि चितवनले अरु दुई वटा गोलको अवसर पाएको थियो । तर त्यसलाई आत्मसाथ गर्न सकेनन् । खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा झर्न पुग्यो । उसका गोलकिपर विशाल सुनारले डिबक्स बाहिर आएर हातले बल प्रहार गरेपछि रेफ्रीले उनलाई सोझै रातोकार्ड दिए ।
जसका कारण डिबक्सका केहि बाहिर पाएको फ्रिकिकमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal