‘हाजार्ड रियलका लागि बनेका होइनन्’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 305 पटक हेरिएको

बेल्जियमका स्टार स्ट्राइकर इडेन हाजार्ड विश्वमा खेलाडीको पहिलो रोजाईमा पर्ने रियल मड्रिडमा पछिल्लो दुई बर्षदेखि रहेका छन । उनी चेल्सीबाट रियलमा गएदेखि नै सबैको नजर उनीमा थियो । रोनाल्डो युभेन्टसमा अनुबन्ध भएपछि रियलले ठूलो आशाका साथ हाजार्डलाई टिममा अनुबन्ध गरेको थियो । तर अहिले आएर हाजार्ड रियलका लागि उपयुक्त खेलाडी नभएको भन्ने आभाष हुन थालेको मार्काले एक खेलमा खेलेको छ ।

विश्वको सर्वाधिक सफल क्लव र महंगो रकममा अनुबन्ध भएका हाजार्डलाई ल्याएपछि रियलले उपाधिको चाङमा अरुपनि थप्ने विचार राखेको थियो । तर यो दुई बर्षमा हाजार्डको योगदान शुन्य जस्तै रह्यो ।

पछिल्लो पटक हाजार्डमाथि प्रशिक्षक जिनेदिन जिदानले ठूलो विश्वास गरेर मैदानमा उतार्दा उनी निकै फिक्का देखिए । जसका कारण रियल च्याम्पियन्स लिगबाट बाहिरीयो । तर खेल सकिएपछि उनी चेल्सीका खेलाडीसँग ठट्टा गरेको देखियो । जसका कारण रियलका समर्थकले उनको चर्को आलोचना गरे । जसका कारण उनले अन्तिममा माफी नै माग्नु पर्यो ।

रियलमा गएपछि हाजार्डले खेल्नुपर्ने ९९ खेलमा ४० खेलमा मात्र मैदानमा देखिए । जसमा उनले मात्र चार खेलमा पुरै ९० मिनेट खेलेका थिए । कहिले चोट त कहिले अश्वस्थताका कारण उनी तीन सय ९६ दिन रियलको टिममा पर्न सकेनन् ।

मैदानमा उत्रिएपनि उनले नौ खेलमा चोट बोक्न पुगे । त्यसमा चार खेल कन्ट्रयाक्ट इन्जुरी थियो भने पाँच खेलमा मांशपेशीको चोट थियो । सन् २०१९ को नोभेम्बरमा एंकलको चोट बोकेका कारण उनले २०२० को मार्चमा शल्यक्रिया नै गर्नुपर्यो । त्यसपछि निको हुँदा उनी कोरोना संक्रमणका कारण बाहिर भए ।

नयाँ सिजनमा पनि उनको टिममा राम्रो प्रदर्शन रहन सकेन । लामो समय मैदान बाहिर हुँदा तौल निकै बढेको थियो । लगातार टिमलाई निरास पारेपछि रोनाल्डोका स्थानमा हाजार्डलाई ल्याउनु गलत निर्णय भएको भनेर भन्न थालियो ।

रियललाई लिड गर्ने खेलाडी भएपछि उनले त्यहि अनुसार आफुलाई तयार राख्नुपर्छ । तर हाजार्डमा त्यसको कमि देखियो । जसका कारण उनी रियलका लागि नबनेको खेलाडी भएको आलोचना हुन थालेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey