पोखरा र चितवनविचको पहिलो हाफ गोलरहित बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 307 पटक हेरिएको

नेपाल सुपर लिगमा गर या मरको अवस्थामा रहेका दुई टिम एफसी चितवन र पोखरा थन्डर्सविच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा चितवनका गोरानले उत्कृष्ट मौका पाउँदा उनको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

१५ औं मिनेटमा विशालको पावरफुल सटलाई पोखरा थन्डर्सका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । १७ औं मिनेटमा शिशिर लेखीको क्रसमा जर्ज प्रिन्स कार्कीले फितलो हेडर गरे ।

१८ औं मिनेटमा नितिन थापाको प्रहार पोष्टको निकै नजिकबाट बाहिरीयो । २९ मिनेटमा पोखराका रवी पासवानको क्रसमा आयुष घलानले उत्कृष्ट मौका खेर फाले ।

खेलको पहिलो हाफमा इन्जुरी समयमा रवी वासवानले प्रहार गरेको बलपनि पोष्टको निकै माथिबाट बाहिरीयो । त्यसपछि पनि दुबै टिमले खेलमा गोल गर्ने केहि अवसर पाएपनि सदुपयोग गर्न सकेनन् र पहिलो हाफमा गोलरहित बराबरी खेले ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal