नेपालले खेल्ने महिला टी-२० विश्वकप क्षेत्रीय छनाैट नाेभेम्बरमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 876 पटक हेरिएको

सन् २०२३ मा हुने महिला टी २० विश्वकपकाे क्षेत्रीय छनौटको मिती तय भएको छ । नेपालले पनि सहभागिता जनाउने यो प्रतियोगिता आगामी नोभेम्बर २२ देखि २८ तारिखसम्म हुनेछ ।

मलेसियामा हुने प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । कोभिडका कारण स्थगित हुनु भन्दा अगाडी यो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका थियो ।

नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र यूएईको सहभागिता हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले दाेस्राे चरणकाे छनाैटमा स्थान बनाउनेछन । त्यसमा शिर्ष २ मा रहने टिमले दक्षिण अफ्रिकामा हुने महिला टी २० विश्वकपमा स्थान बनाउनेछ ।

महिला टी २० विश्वकप २०२३ को फेब्रेवरी नौ देखि २६ सम्म हुनेछ । प्रतियोगितामा १० टिमले सहभागिता जनाउनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey