काेराेनाविरूद्ध लड्नका लागि विराट र अनुष्काकाे २ कराेड सहयाेग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 526 पटक हेरिएको

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी श्रीमती अनुष्का शर्माले कोरोना विरुद्ध लड्नका लागि दुई करोड भारतीय रुपैयाँ सहयोग गर्ने बाचा गरेका छन ।

भारतमा पछिल्लो पटक कहालीलाग्दो तरिकाले फैलिरहेको कोभिडविरुद्ध लड्नका लागि कोहली र अनुष्काले युनाइटेड बे टु बैंगलुरु नामक एनजीओको माध्यमबाट सो सहयोग गर्ने भएका छन । सो एनजीओले कोभिडविरुद्ध लड्का लागि सात करोडको अभियान सुरु गरेको छ ।

पछिल्लो पटक भारतमा कोरोनाले चार लाख भन्दा बढि दैनिक संक्रमण भइरहेका छन भने मृत्यु हुनेको संख्या पनि कीर्तिमानी रुपमा बढिरहेको छ । भारतमा विरामीले अक्सिजन पाउनै कठिन भएको छ भने लाशहरुलाई जलाउने ठाँउ पनि पाउन कठिन भएको छ ।

भारतीय नागरीकको जनजीवन निकै कष्टकर भइरहेको अवस्थामा कोहली र अनुष्काले सामाजिक दायीत्व अन्तर्गत यो सहयोग गरेका हुन । दुबैले आफ्नो सोसियल मिडिया मार्फत आफुले सहयोग गरेको र अरुलाई पनि यसमा हात बढाउन आग्रह गरेका छन ।

कोरोनाकै कारण इन्डियन प्रिमियर लिग स्थगित भएको छ । त्यो भन्दा अगाडी बैंग्लोर टिमले कोरोना लागेर अक्सिजन नपाउनेलाई सहयोग गर्नका लागि अभियान नै सुरु गरेको थियो । जसमा बैंग्लोर टिमले एक खेलमा जर्सी नै परिवर्तन गर्ने बताएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey