पाँच मिनेटमा तीन गोल गर्दा काठमाडौं पहिलो हाफमा ३-२ ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 282 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा काठमाडौंले पहिलो हाफमा तीन दुईको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा विराटनगरले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन । खेलको सुरुवात देखि नै आक्रामक दखिएको विराटनगरले छैटौं मिनेटमा नै अग्रता बनायो । उसका लागि रञ्जित धिमालको लामो क्रसमा विदेशी खेलाडी एडीलाजाले उत्कृष्ट गोल गरे ।

त्यसपछि १६ औं मिनेटमा फेरी एडीलाजाले पाएको मौकालाई भने सदुपयोग गर्न सकेनन् । २५ औं मिनेटमा सुनील बलको सशक्त प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।

खेलको ३४ औं मिनेटमा विराटनगरले खेलमा दुई शुन्यको अग्रता बनायो । यसपटक काठमाडौंका डिफेन्सलाई अगाडी बढेको मौकाको फाइदा उठाउँदै पेड्रो मान्जीले वन भर्सेस वनको अवस्थामा उत्कृष्ट फिनिस गरे ।

तर त्यसपछि पाँच मिनेटमा काठमाडौंले खेलमा तीन गोल गर्यो । खेलको ३५ औं मिनेटमा काठमाडौं अन्तर दुई एकमा पुर्यायो । उसका लागि मेसुकेले गोल गर्न सफल भए ।

त्यसको अर्को मिनेटमा फेरी मेसुकेले गोल गर्न सफल भए । उनले गोलकिपर पोजिसनमा नभएको खण्डमा उत्कृष्ट फिनिस गर्न सफल भए ।

खेलको ४१ औं मिनेटमा काठमाडौंले खेल तीन दुईको अवस्थामा पुर्यायो । यसपटक काठमाडौंका लागि स्टेफेन विनोङले उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको विराटनगरका खेलाडीले भेउ पाउन सकेनन् ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मेसुकेको क्रसमा सञ्जोक राईले हेडको प्रयास गर्दा भेट्टाउन सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey